नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ, आजै गर्दैछिन् यस्तो निर्णय?
प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाएका हुन्।
सपथपछि उनले नवियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन पनि गरे। बधाई दिने बेलामा राष्ट्रपति पौडेलले ‘देश सफल होस्, जनता पनि बचून’ भनेका थिए। ‘धेरै धेरै बधाई छ। देश सफल होस्। जनता बचून,’ उनले भनेका थिए। राष्ट्रपतिले बधाई दिँदा नवनियुक्त प्रधानमन्त्रीले टाउको हल्लाउँदै सहमति जनाएका थिए।
जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।
संसद विघटन गर्ने सहमति भएपछि कार्की प्रधानमन्त्री बन्न तयार भएकी थिइन्। केहीबेरमा शीतल निवासमै मन्त्रिपरिषद बैठक बसेर संसद विघटनका लागि सिफारिस गर्ने स्रोतले जनाएको छ। त्यसपछि राष्ट्रपति पौडेलले संसद विघटन गर्नेछन्।
Facebook Comment