फागुनभित्र नयाँ निर्वाचन गराउन प्रधानमन्त्री कार्कीलाई म्यान्डेट
राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र नयाँ निर्वाचन गराउनुपर्न शर्तसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधाने सुम्पिएको संवैधानिक प्रतिवन्धातमक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको जिम्मेवारी अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीलाई दिएका हुन्।
उनले मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकांक्षाअनुसार राजनीतिक दल तथा सरोकारवालाहरूसँगको परामर्शसमेतका आधारमा नेपालको संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको जारी विज्ञप्तिमा उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्री कार्कीले आजै संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।
Facebook Comment