काठमाडौंको जितिया कार्यक्रम स्थगित

देशको विषम परिस्थितिका कारण थारु समुदायको जितिया पर्व महोत्सवको रुपमा नमनाउने थारु महिलाले निर्णय गरेका छन्। थारु महिला सभाले ३० गते सोमबार पर्यटन बोर्डको सभाहलमा जितिया महोत्सव मनाउने तय गरेको थियो।

सभाका अध्यक्ष ललिताकुमारी चौधरीले शनिबार विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा महोत्सव स्थगित गरिएको र जितिया पर्वलाई आ-आफ्नो घरमै परम्परागत रुपमा मनाउन आग्रह गरेकी छन्।

थारु समुदायका महिलाहरुको प्रमुख पर्वको रुपमा रहेको जितिया पर्वलाई यस वर्ष सामुहिक रुपमा मनाउने वातावरण नभएको अध्यक्ष चौधरीको भनाइ छ। भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको वातावरण सहज बनिनसकेकाले जितिया पर्वलाई आफ्नै घरमा मनाउन उनले आग्रह गरिन्।

थारु समुदायले तीन दिन जितिया पर्व मनाउने गर्दछन्। भदौ २८ देखि ३० गतेसम्म मनाइने जितिया पर्वलाई परिस्थितिका कारण महोत्सवको रुपमा नमनाइने अध्यक्ष चौधरीको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *