रामेश्वर खनालपछि नागरिक अभियन्ताहरू सुरेन्द्र चौधरी र प्रशान्त सिंहलाई मन्त्री बनाउने चर्चा
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन जना मन्त्रीको टुंगो लागेको छ। पूर्व अर्थसचिव रामेश्वर खनाल, विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले आज मन्त्री पदमा सपथग्रहण गर्दैछन्।
तीन जना मन्त्रीले सपथग्रहण गर्दैगर्दा मन्त्री बन्नसक्ने सक्षम व्यक्तिहरुको पनि चर्चा हुँदै आएको छ। यसबीचमा नागरिक अभियन्ताहरू सुरेन्द्र चौधरी र प्रशान्त सिंहलाई पनि मन्त्री बनाउन जेनजी अभियन्ताहरूले लबिङ गर्न थालेका छन्। राजनीतिबाट अलग तर अनुभवी रहेका उनीहरूलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने उनीहरूको सुझाव छ।
सुरेन्द्र चौधरी विकाश, द्वन्द व्यवस्थापन र योजना विज्ञ हुन्। संयुक्त राष्ट्र संघमा करिब दुई दशकभन्दा बढी काम गरेको अनुभव उनीसँग छ। विश्वका धेरै देशमा काम गरेका उनी संयुक्त राष्ट्रसंघको जागिर छाडेर नेपाल फर्किएका हुन्। उनी नागरिक पहिलो अभियानका संस्थापक अभियानकर्ता पनि हुन्। पूर्व अर्थसचिव खनाल पनि यसै अभियानमा संलग्न छन्।
बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले त्यसबेला ल्याएको देश विकास र आर्थिक रूपान्तरणको दस्ताबेजले संसारभरि प्रशंसा पाएको थियो। त्यो दस्ताबेज निर्माण समिति नीति तथा अनुसन्धान विभागको सदस्य रामेश्वर खानाल थिए भने संयोजक सुरेन्द्र चौधरी थिए।
त्यस्तै प्रशान्त सिंह अक्सफोर्ड र अमेरिकाको हावर्ड युनिभर्सिटीबाट उच्च शिक्षा अध्ययन गरेका छन्। उनी देश विकासका लागि नेपाल फर्केर २० वर्षभन्दा बढी दुर्गम जिल्लाहरूमा काम गरेका छन्।
Facebook Comment