कांग्रेस नेता योगेन्द्र चौधरीले भने- संविधान नै समाप्त गर्ने षड्यन्त्र स्वीकार गर्न सकिँदैन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं थारू विभाग प्रमुख योगेन्द्र चौधरीले संविधान समाप्त गर्ने गरी भइरहेको षड्‍यन्त्र स्वीकार्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमा उनले नेपाली कांग्रेस षड्यन्त्रकारीहरूको निशानामा परेको उल्लेख गरेका छन्।

‘संविधानलाई संशोधन गरेर वर्षौंदेखि देशमा अधिकारबाट वञ्चित समुदायलाई थप अधिकार समपन्न बानाउँदै लैजान जरुरी छ। तर, संविधान नै समाप्त गर्ने गरी भइरहेको षड्यन्त्र कदापी स्वीकार गर्न सकिँदैन। नेपाली कांग्रेस आज फेरि षड्यन्त्रकारीहरूको निशानामा परेको छ। यस कठिन परिस्थितिमा कहीँकतै नेतृत्वमा वचलन आउनु हुँदैन,’ उनले भनेका छन्।

उनले कांग्रेस सभापति र बहालवाला परराष्ट्रमन्त्रीमाथि भएको आक्रमणको पनि निन्दा गरेका छन्। ‘देशमा अकल्पनीय घटना दुई दशक पछि फेरि पुनरावृत्ति भएको छ। अवोध बालिकालगायत तमाम नेपालीहरुको निर्ममतापूर्वक हत्या गरिएको छ। आफ्नो जीवनको पूरा समय जनताको अधिकार, वाक्स्वतन्त्रतता र लोकतान्त्रिक ब्यवस्थाको लागि लडेका पार्टी सभापति शेरबहादुर देउवा र बहाल रहेकै अवश्थामा प्रराष्ट्र मन्त्री डा. आरजु देउवा राणामाथि निर्मम अक्रमण गरिएको छ। ज्यान गुमाउनु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र आदरणीय सभापति शेरबहादुर देउवा र डा. आरजु देउवा राणाप्रति गरिएको अमानवीय आक्रम प्रति खेद प्रकट गर्दै उहाँहरूलगायत सबै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भनेका छन्।

यद्यपि उनले उक्त स्टाट्स हटाएका छन्। हेर्नुस् उहाँको स्टाट्स




Leave a Reply

Your email address will not be published. Required fields are marked *