चितुवाको आक्रमणबाट लक्ष्मी थारूको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका-३, सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। आइतबार (भदौ २९))देखि हराइरहेकी राप्तीसोनारी-३ की ४५ वर्षीया लक्ष्मी थारू जनमुखी सामुदायिक वनको पुरानो पानीट्यांकीनजिकै सोमबार (भदौ ३०) मृत फेला परेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर गुप्ताले जानकारी दिए।

थारूको शव आसपासमा चितुवाको पाइला देखिएको थियो । त्यसपछि क्यामेरा जडान गरी हेर्दा एउटा भाले चितुवा हिँड्डुल गरेको देखिएको उनले बताए। उक्त घटनापछि स्थानीय आतंकित भएकाले चितुवालाई समाउन आजै प्राविधिक टोली पठाउन लागिएको उनले जानकारी दिए । “हामीले त्यहाँ तीनथान क्यामेरा जडान गरेका थियौँ, त्यसबाट चितुवा हिँडेको देखिएको छ । अब प्राविधिक टोली त्यहाँ जाँदै छ,” उनले भने।

मृतक थारूको शव पोस्टमार्टमपश्चात् वडा कार्यालयको सिफारिसमा परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *