प्रहरी जवान श्याम चौधरी तालिम केन्द्र परिसरमै मृत फेला
नेपाल प्रहरीका एक जना जवानले प्रहरी तालिम केन्द्रकै छेउमै आत्महत्या गरेको अवस्थामा भेटिएका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिका ३ स्थायी घर भएका २४ वर्षीय श्याम चौधरी बुटवलस्थित प्रहरी तालिम केन्द्रको छेवैमा रहेको रुखमा झण्डिएर आत्महत्या गरेका हुन्।
उनका छिमेकीसमेत रहेका राप्ती सोनारी गाउँपालिका ३ का वडाध्यक्ष मिनकुमार चौधरीले शुक्रबार राति तालिम केन्द्र नजिकै झुन्डिएको अवस्थामा भेटिएको बताए।
उनका अनुसार सामान्य परिवारमा रहेका श्याम तीन भाईमध्ये माइलो हुन् बुवाआमा र दाजुभाई गाउँमै मजदुरी गर्दछन्। गाउँलेका अनुसार श्यामको पहिले कोहलपुरको एक युवतीसँग प्रेम सम्बन्ध थियो पछि उनलाई जानकारी नै नदिई अर्को युवतीसँग पनि प्रेम सम्बन्ध राखेका कारण दुवै पक्षबाट तनावमा थिए।
यो विषय स्थानीयबाट आफूले पनि सुनेको वडाध्यक्ष मिनकुमार चौधरीले जनाए। चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। सोही प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो।
Facebook Comment