केपी ओली, रमेश लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउन सिफारिस

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरिएको छ। जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन्।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उनीहरू उल्लेखित पदमा बहाल रहेका थिए।

त्यस्तै उनीहरूलाई उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि माग गरिएको आयोगका सदस्य विज्ञान राज शर्माले जानकारी दिएका छन्।

शर्माका अनुसार जेनजी आन्दोलनको घटनामा अनुसन्धानको दायरामा रहेको र जुनसुकै बेला पनि आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमण र उपत्यकाबाट बाहिर जान नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *