अन्ततः ओली र लेखकविरुद्ध जाहेरी पर्यो, प्रहरीले जाँचबुझ आयोगमा पठायो
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको छ। जेनजी आन्दोलनमा मानवताविरुद्धको अपराध भएको भन्दै मृतक परिवारले उनीहरूविरुद्ध जाहेरी दिएका हुन्।
उक्त जाहेरीलाई काठमाडौं प्रहरी परिसले जाँचबुझ आयोगमा पठाएको छ। सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ। पूर्वप्रधानमन्त्री लेखक र पूर्वगृहमन्त्री लेखकवीरुद्ध परेको जाहेरी आयोगमा पठाइएको काठमाडौं प्रहरी परिररका प्रवक्ता एसपी पवन भट्टराईले बताए। ‘उक्त जाहेरीलाई हामीले जाँचबुझ आयोगमा पठाएका छौं,’ उनले भने।
Facebook Comment