थाकस र बरघर समितले लगायो देउसी भैलोमा रोक
थारू कल्याणकारिणी सभा बुद्धभूमि नगरसमिति र बुद्धभूमि नगर बरघर संघले देउसी भैलो खेल्न रोक लगाएको छ।
थारू संस्कृति परम्परामा विकृत्ति आउने गरी तडक भडक हुने र डीजे लिएर रातको समयमा गाउँगाउँमा हिंड्दा दुर्घटना तथा लुटपाट हुने भएकाले देउसी भैलोमा रोक लगाइएको सन्तराम थारू र असराज थारूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै थारू बालबालिकालाई देउसी भैलो खेल्ने बहानामा हिंसात्मक गतिविधि हुने गरेको र बालविवाहको घटनासमेत बढेको उनीहरूको निष्कर्ष छ।

Facebook Comment