वडाध्यक्षबाट मालिस गराएर भाइरल बनेका गाउँपालिका अध्यक्ष दिननाथ चौधरीले दिए राजीनामा

वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्। उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए।

उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले ५ असोजमा राजीनामा पत्र बुझाएका थिए र सोही दिन गाउँ सभा समेत बसेको थियो। उक्त पत्रमा उनले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन्। ‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा छ। पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस आफूले गरेकोले स्वच्छाले नै अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी उनले पत्रमा उल्लेख गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *