शेरबहादुर चौधरीको हत्या आरोपीलाई छाडिदिएको भन्दै सडक उत्रिए परिवार र स्थानीय
कैलालीको गोदावरी नगरपालिका-१० खमैराका शेरबहादुर चौधरीको मृत्युको घटनापछि परिवार न्यायका लागि आन्दोलनमा उत्रिएको छ। असोज २३ गते राति घरमा आएर ढोका तोड्दै मार्ने धम्की दिएपछि शेरबहादुर पछाडिको ढोकाबाट भागेका थिए। तर भोलिपल्ट खोलामा मृत भेटिएका थिए।
परिवारका अनुसार यो घटना योजनाबद्ध हत्या भए पनि प्रशासनले कारबाही नगरी अभियुक्तलाई उम्काएको छ। मृतककी भाउजू सलिना चौधरीले घटनामा संलग्न लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ विकास मल्ललाई पक्राउलाइ प्रहरीले पक्राउ गरेको थियो। तर मुद्दा नै कमजोर बनाएर विकास मल्ललाई अदालतले पछि छोडेको आरोप लगाएकी छन्। उनले भनिन्, ‘टाउको र खुट्टामा चोट, ढुङ्गा र चिरपल्टको डाम देखिँदाहुँदै पनि सामान्य मृत्यु भनेर रिपोर्ट निकालियो। गरिब भएकै कारण हामीलाई न्याय मिलेन।’
अदालतले आरोपीलाइ उन्मुक्ति दिएपछि बिहीबार परिवार र स्थानीयले इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गरेका छन्। संघर्ष समितिका बाबुराम चौधरीका अनुसार, ‘न्याय नपाएसम्म सडक आन्दोलन जारी रहनेछ।’
म हरदम साथ / सहयोग मा उभिने छु
जय jenjee ✊।