गच्छदारले मुख खोले- चुनावअघि महाधिवेशन गरौं

नेपाली कांग्रेस पूर्वपदाधिकारीमा विजय गच्छदार चुनावअघि महाधिवेशनको पक्षमा खुलेका छन्। केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा गच्छदारले पुस मसान्तसम्म नियमित महाधिवेशन गर्न सकिने विचार राखेका हुन्।

कांग्रेसका सात पूर्वपदाधिकारी चुनावअघि महाधिवेशन हुन हुँदैन लागेको चर्चा भइरहको बेला त्यसमध्येका एक गच्छदारले १५औं महाधिवेशन पुसको अन्तिमसम्म गर्न सकिने विकल्प अघि सारेका हुन्।

केन्द्रीय समितिको जारी बैठकमा गच्छदारले भने, ‘महाधिवेशनको विषयमा विवाद गरेर होइन। एक भएर निर्णयमा पुग्नुपर् । विशेष महाधिवेशनमा जानुहुन्न। बरु, नियमित महाधिवेशन पुस मसान्तमा गर्न सकिन्छ।

पार्टीभित्र सहमति गरेर पुस मसान्तसम्म महाधिवेशन गर्न सहमति गरेर कार्यतालिका ल्याउन उनले पार्टी नेतृत्वलाई आग्रह गरे। सात पूर्वपदाधिकारी मध्ये चुनाव अघि महाधिवेशन गर्न नहुने पक्षमा मुख्यगरी कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंह देखिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *