नाउपालाई झट्का, कैलाली अध्यक्ष प्रदीप चौधरी उज्यालो नेपालमा आबद्ध

नागरिक उन्मुक्ती पार्टी कैलालीका जिल्ला अध्यक्ष प्रदीप चौधरी पनि उज्यालो नेपाल पार्टीको संस्थापक केन्द्रीय सदस्य भएका छन्।

२०७४ सालको निर्वाचनबाट जानकी गाउँपालिकाको अध्यक्षसमेत भएका उनी कुलमान घिसिङ संलग्न रहेको भनिएको उज्यालो नेपाल पार्टीमा आबद्ध भएका हुन्। नेता चौधरीले नागरिक उन्मुक्तिका नेता-कार्यकर्ताहरू पनि उज्यालो नेपालमा आउने दाबी गरे।

चौधरीको नाम निर्वाचन आयोगमा बुझाइएको सूचीमा प्राविधिक कारणले नाम छुटे पनि उनी संस्थापक रहेको र त्यहीरूपमा समेटिने उज्यालो नेपाल पार्टीले बताएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *