नाउपा जीउँदै छ, ढकियासहित गाउँगाउँमा आउँदैछौं : ठाकुर सिंह थारू

नागरिक उन्मुक्ति पार्टीका महासचिव ठाकुर सिंह थारूले ढकियाका लागि टसमस नहुन आग्रह गरेका छन्। उनले रेश चौधरीले आफैंले जन्म दिएको पार्टीको हत्या गरी अर्को पार्टी दर्ता गरेको भन्दै आक्रोश समेत पोखे। उनले नाउपा र ढकियालाई छिट्टै निर्वाचन आयोगले मान्यता दिन लागेको दाबी गरे।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हामीले मानेको नेता रेशमलाल चौधरीजी आफैंले जन्माएको पार्टीको ‘हत्या’ गर्ने षड्यन्त्र गरी अर्को पार्टी दर्ता गरिसकेपछि अनेक खाले तरंग फैलिएको छ। खासगरी, ढकिया के भयो? के हुने हो? भन्ने चासो अधिक छ। साथीहरू, ढकियाको जतिसुकै `हत्या` गर्ने प्रयास गरिए पनि जिउँदै छ। हाम्रो चुनाव चिन्ह ढकिया, नाउपा, नारा र स्लोगन तथा सिंगो पार्टी आज भोलिमा निर्वाचन आयोगबाट हामीलाई दिने प्रक्रियामा छ। त्यसैले १/२ दिन धैर्य गर्नुहोला। ढकिया खारेज भयो भन्ने भ्रमको पछि नलाग्नु होला। स्वार्थका लागि ढकियाको हत्या गर्न खोज्नेले के चकिया बाँकी राख्ला। मान्छे उही हो। स्वार्थ उही हो। घमण्ड उही हो। ढकियामा लागेका लाखौं नागरिकको सपनासँग खेलवाड गर्ने ढोंगको पछि लाग्नु भो भने मेरो भन्नु केही छैन। अन्तमा यतिका दिनसम्म ढकियाका लागि टसमस नभई एक जुट भएर बस्नुहुने सबैलाई धन्यवाद। १/२ दिनमा हाम्रो पार्टी र ढकियासहित गाउँगाउँमा आउने छौं।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *