सुदूरपश्चिम विश्वविद्यालयको बिएससीतर्फ टपर बने भूमिका चौधरी र निराजन चौधरी
सुदूरपश्चिम विश्वविद्यालयको विज्ञान संकाय (बिएससी) आठौँ सेमेस्टरमा कैलाली बहुमुखी क्याम्पसका पाँच जना विद्यार्थीले समग्र ४.०० जिपिए ल्याउँदै विश्वविद्यालयभरि नै सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्।
स्नातक तहको विज्ञान संकाय आठौँ सेमेष्टरको बुधबार प्रकाशित नतिजामा कैलाली बहुमुखी क्याम्पसमा भौतिक शास्त्र (फिजिक्स ग्रुप) बाट विद्यार्थीहरु सुवास गिरी, विनोद साउद, निराजन चौधरी, र अभिषेक जोशी तथा जीव विज्ञान (वायोलोजी ग्रुप) बाट भुमिका चौधरीले समग्रमा समान ४.०० जीपिए प्राप्त गरेका हुन्।
Facebook Comment