रामलाल डंगौरालाई नाउपा अध्यक्ष मान्न निर्वाचन आयोगद्वारा इन्कार

निर्वाचन आयोगले संस्थापक सदस्य रामलाल डंगौरालाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष मान्न अस्वीकार गरेको छ। बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित दल विभाजनको निवेदन दिए पनि आयोगले अध्यक्ष मान्न अस्वीकार गरेको नेता ठाकुर सिंह थारूले जानकारी दिए।

उनका अनुसार आयोगले नाउपा अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै निरन्तरता दिइएको छ। उनले लोकतन्त्रमा बहुमतको कदर नगरिएको आरोप लगाएका छन्।

‘नागरिक उन्मुक्ति पार्टीका संस्थापक बहुमत केन्द्रीय सदस्यहरूद्वारा भौतिक उपस्थिति भई सनाखत गर्दा पनि निर्वाचान आयोगले रामलाल डांगौरालाई अध्यक्ष दिन इन्कार रेको छ। मा. रञ्जिता श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिइएक छ। लोकतन्त्रमा बहुमतको कदर भएन,’ उनले भनेका छन्।

उनले रेश चौधरी र रञ्जिता श्रेष्ठलाई व्यंग्य गर्दै भनेका छन्, ‘नयाँ दल नाउपा (नेपाल) चुनाव चिन्ह (चकिया)का लागि संस्थापक मा. रेशमलाल चौधरी र नाउपा (ढकिया)को अध्यक्षमा निरन्तरता पाउ हुने मा. रञ्जिताजीलाई हार्दिक बधाई।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *