कुलमान घिसिङले नाउपा नेताहरू भित्र्याउँदै, रामलाल डंगौराले खोले यस्तो राज

कुलमान घिसिङको संरक्षकत्वमा खुलेको उज्यालो नेपाल पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेताहरूलाई भित्र्याउने तयारी अघि बढाएको छ। उज्यालो नेपालका एक नेताका अनुसार नाउपा नेताहरूसँग तीव्र छलफल भइरहेको छ। नाउपाका प्रदेश र स्थानीय तहमा निर्वाचित नेताहरूसँग छलफल भइरहेको ती नेताको दाबी छ।

यसअघि नै नाउपाको कैलाली अध्यक्ष प्रदीप थारू उज्यालो नेपालमा आबद्ध भएका थिए। बर्दियाबाट प्रदेश सांसदसमेत रहेका धर्मराज चौधरी पनि उज्यालो नेपालमा आबद्ध हुने विषयमा लबिङ भइरहेको ती नेताको दाबी छ।

टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौरा थारुले पनि उज्यालो नेपालसँग छलफल भएको जानकारी गराए। अनलाइनखबरको कुराकानीमा उनले केही दिनभित्रमा उज्यालो नेपालसँग मिल्नका लागि टुंगो लाग्ने बताए। तर, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई भने भित्र्याउने पक्षमा उज्यालो नेपाल नरहेको दाबी ती नेताको छ।

अनुपकुमार उपाध्यायको नेतृत्वमा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भई मान्यता प्राप्त गरिसकेको छ। उज्यालो नेपालमा हाल केन्द्रीय सदस्यको संख्या ५१ सदस्यीय छ। उक्त पार्टीको संस्थापक सदस्यमा थारू अभियन्ता सोम चौधरी र बालिका चौधरी पनि आबद्ध भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *