चितुवाको आक्रमणबाट गोपी थारूको मृत्यु, इन्दिरा र मनीषा दहित घाइते

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। चितुवाको आक्रमण परी बारबर्दिया नगरपालिका-११ विजयनगरकी ५९ वर्षीया गोपी थारूको मृत्यु भएको हो।

घरनजिक रहेको काला बेलभार सामुदायिक वनमा स्याउला काट्न जाँदा चितुवाको आक्रमणबाट मृत्यु भएको बारबर्दिया नगरपालिका-११ का वडाध्यक्ष विजकुमार चौधरीले बताए। उनले भने, ‘वनमा घाँस काट्न गएकी गोपीको मृत्यु भएको छ।’ मृतकको साथमा गएका ३१ वर्षीया इन्दिरा थारू र २९ वर्षीया मनीषा दहित चितुवालाई देखेर भाग्ने क्रममा घाइते भएका छन्।

घाइतेलाई स्वास्थ्य उपचारका लागि बारबर्दिया नगरपालिका-६ जयनगरमा रहेको नगर अस्पताल जयनगर पठाइएको छ। बर्दियामा पछिल्लो समय सामुदायिक वनमा चितुवाको आक्रमण बढ्दै गएको छ।

बर्दियामा चितुवाको आक्रमणमा परी ५९ वर्षीय गोपी थारूको मृत्यु भएको छ भने ३१ वर्षीया र २९ वर्षीया महिला घाइते भएका छन्। यसको प्रतिकात्मक तस्बिर बनाइदिनुस् न।




Leave a Reply

Your email address will not be published. Required fields are marked *