एमालेको ११औं महाधिवेशन : थारू बाहुल्य दाङमा ४ र बर्दियामा ३ जनामात्र थारू प्रतिनिधि चयन
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि दाङबाट २३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्। निर्वाचन क्षेत्र नं. १ बाट खुलातर्फ राममणि पाण्डे, कुलबहादुर केसी, रत्न तिवारी श्रेष्ठ, घनश्याम चौधरी र महिलातर्फ सीता चौधरी (ए), सीता चौधरी (बी) तथा लक्ष्मी शर्मा निर्विरोध रूपमा चयन भए।
त्यस्तै, निर्वाचन क्षेत्र नं. २ बाट खुलातर्फ शिवकुमार आचार्य, सुदन केसी, देबबहादुर बस्नेत, भुवन चौधरी, भानसिं बुढा र महिलातर्फ रेखा बहादुर केसी निर्विरोध रूपमा चयन भएका उपाध्यक्ष बुढाथोकीले बताए। निर्वाचन क्षेत्र नं. ३ बाट खुला तर्फ हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी, मनोहर बुढाथोकी, आशिष योगी र महिलातर्फ तुलसा डाँगी पोख्रेल प्रतिनिधिमा चयन भए। त्यसैगरी दलिततर्फ मानवबहादुर विश्वकर्मा, निर्मला विक र टंकबहादुर विक प्रतिनिधिमा चयन भए ।
त्यस्तै बर्दियामा १५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। सर्वसम्मत प्रतिनिधि हुनेमा निर्वाचन क्षेत्र १ बाट शालिकराम अधिकारी, लालबहादुर श्रेष्ठ, पदम ढकाल, अम्मरबहादुर खड्का, कृष्ण गुरुङ्ग, नारायणी चौधरी, लक्ष्मी अधिकारी र रामकुमार चौधरी भए।
त्यस्तै निर्वाचन क्षेत्र २ बाट घननाराण श्रेष्ठ, दुर्गा वली, संगीता चौधरी, मेनका पोख्रेल र भरत धामी सर्वसम्मत चयन भए। जिल्ला स्तरको दलित क्षेत्रबाट भुपेन्द्र सेरला र बिमला वि.क. सर्वसम्मत प्रतिनिधि छनौट हुनुभएको एमाले प्रचार विभाग प्रमुख झविन्द्र खत्रीले बताए।
Facebook Comment