थाकस चितवन-७ मा कृष्णलाल चौधरीको संयोजकत्वमा तदर्थ समिति गठन
थारू कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं ७ को क्षेत्रीय सभाबाट सर्वसहमतिमा पूर्व केन्द्रीय पार्षद कृष्णलाल चौधरीको संयोजकत्वमा एक तदर्थ समिति गठन गरिएको छ।
कार्यसमितिका सभापति रामेश्वर चौधरीले राजीनामा दिएको र पदावधिसमेत समाप्त भएको हुँदा निश्चित समयमा अधिवेशन सम्पन्न गर्नका लागि सर्वसहमतिबाट तदर्थ समिति गठन गरिएको हो। तदर्थ समितिका सदस्यहरूमा गुजेश्वरी चौधरी विमला चौधरी, सुनिल चौधरी, नारायण महतो, कारी महतो, रामचन्द्र चौधरी, जितबहादुर चौधरी, चन्द्रकुमारी चौधरी, मीरा चौधरी, बुधरमिया चौधरी, सञ्जय चौधरी, जीवन चौधरी, विक्रम पंजियार, रञ्जित चौधरी, सुरेन्द्र चौधरी, जयस चौधरी रहेका छन्।
सभामा केन्द्रीय सदस्य वासुदेव चौधरी, जिल्ला सभापति ललित कुमार चौधरी, जिल्ला कोषाध्यक्ष सबिता चौधरी, पूर्व केन्द्रीय सदस्य राजेन्द्र चौधरी, केन्द्रीय पार्षद अर्जुन चौधरी, पूर्व क्षेत्रीय सभापति धनवीर चौधरी साथै खैरहनी नगरपालिका वडा नं। ७ का वडाध्यक्ष मनेजर महतो, वडा नं। ९ का वडाध्यक्ष बन्धुराम महतो र वडा नं। १० का वडाध्यक्ष चन्द्रविक्रम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
थाकस चितवन क्षेत नं ७ ले नियमित रूपमा हरेक वर्ष खिचरा महोत्सव आयोजना गर्दै आएको हुँदा यसवर्ष तदर्थ समितिको बृहत् भेलाबाट खिचरा महोत्सव मूल आयोजक समिति गठन गरी महोत्सव सञ्चालन गरिने जनाइएको छ।
Facebook Comment