लुम्बिनीलाई एनपीएलको उपाधि, रोहितले जिते कार

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामा सिमित बनेको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रन बनाउँदै अलआउट भएको थियो। यो एनपीएलमा हालसम्म पहिलो इनिङ्समा बनेको सबैभन्दा कम रन थियो।

सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाउँदै ८६ रनको लक्ष्य पूरा गरे। विजेता टिम लुम्बिनी लायन्सले पुरस्कार रकम १ करोड १० लाख पाउनेछ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख पाउनेछ। तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमान्डु गोर्खाजले १५ लाख पाउनेछ।

त्यस्तै एनपीएलको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल भएका छन्। उनले सर्वाधिक रनकर्ता र सर्वोत्कृष्ट खेलाडी दुवैको उपाधि जितेका हुन्। उनले सर्वोत्कृष्ट खेलाडीको रूपमा ओमाडा एण्ड ज्याइकोको कार जिते।

नेपाली खेलाडीमा सर्वाधिक रनकर्ताको रूपमा रोहित पौडेलले एक थान मोटरसाइकल पनि जितेका हुन्। रोहितले प्रतियोगितामा १० खेल खेल्दै १० विकेट र २६७ रन बनाएका छन्। प्रतियोगिताको इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट (उदयीमान खेलाडी)– २ लाख रुपैयाँ र एक थान मोटरसाइकल प्राप्त गरे।

सर्वाधिक विकेट लिने खेलाडी– विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने छनोट भए। उनले पनि पल्सर बाइक प्राप्त गरे। इर्नेजेटिक खेलाडीको उपाधि अविनाश बोहोराले जिते। उनले उपाधिसँगै २ लाख रुपैयाँ जिते। यो रकम रेडबुलले प्रदान गर्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *