एमाले केन्द्रीय कमिटीमा १२ जना थारू नेता निर्वाचित, भगवती चौधरीले ल्याइन् लोकप्रिय मत
नेकपा एमालेको केन्द्रीय कमिटीमा १२ जना थारूहरू निर्वाचित भएका छन्। पार्टीको ११औं महाधिवेशनबाट उनीहरू निर्वाचित भएका हुन्। निर्वाचित हुनेहरू सबै पार्टी अध्यक्ष केपी शर्मा ओली प्यानलका हुन्। विपक्षी प्यानलका थारू नेताहरू सबै जना पराजित भए।
निर्वाचित हुनेमा खुलाबाट भगवती चौधरी, शिवकुमारी चौधरी, भूगोलमा मधेसतर्फ राजकुमार लेखी, ताराकान्त चौधरी, थारू कोटातर्फ गौरीशंकर चौधरी, नरुलाल चौधरी, कृपाराम राना, शान्ता चौधरी, बलवीर प्रसाद चौधरी, कृष्णी थारू, मञ्जु चौधरी र कृपाराम राना छन् भने श्रमिकतर्फ जनक चौधरी छन्।
त्यस्तै उपमहासचिव लडेका बैजनाथ चौधरी पराजित भए। उनी ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका थिए। त्यस्तै पोखरेल प्यानलका तुलसीप्रसाद चौधरी, विश्राम चौधरी, कमला चौधरी, जागेश्वरी चौधरीलगायत पराजित भए।
त्यस्तै राना थारू समुदायका नेता नारदमुनी राना पनि पराजित भए। उनी सुदूरपश्चिबाट खुलामा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
Facebook Comment