त्रिशूली नदीमा नुहाउन गएका बर्दियाका शंकर थारू र साैरभ थारू बेपत्ता
त्रिशूली नदीमा नुहाउन गएका २ जना पुरुष बेपत्ता भएका छन्। त्रिशुली हाइड्राे पावरमा काम गर्ने उनीहरु कुरिनटारमा रहेकाे त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएकाे ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ।
बेपत्ता हुनेमा बर्दिया घर त्रिशुली हाइड्राे पावरमा काम गर्ने वर्ष २२ का शंकर थारू र वर्ष २० का साैरभ थारू रहेकाे मुग्लिनबाट पत्रकार बिनाेद श्रेष्ठले जानकारी दिएकाे हाे। दुवै जना दिउसाे ३ बजेकाे समयमा नुहाउन भनेर त्रिशुली नदीमा गएकाे र नुहाउने क्रममा नदीले बगाएकाे मुग्लिन प्रहरीका प्रहरी निरक्षक प्रतिक सिले जानकारी दिए।
बेपत्ताहरुकाे शसस्त्र विपद व्यस्थापन कुरिनटार र इलाका प्रहरी कार्यालय मुग्लिनकाे संयुक्त टाेलीले खाेजी कार्य गरिरहेकाे छ।
Facebook Comment