थारुले खोल्यो खाता, बाँके १ मा रास्वपाका सुरेश चौधरी विजयी
प्रतिनिधिसभा निर्वाचनमा थारू नेताले खाता खोलेका छन्। बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश चौधरी विजयी भएका हुन्। उनले ३२ हजार ७९२ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले १५ हजार ३०१ मत ल्याए भने एमालेका सूर्यप्रसाद ढकालले ११ हजार ९४ मत ल्याए। अघिल्लो निर्वाचनमा नाउपाबाट उम्मेदवार बनेका सुरेश सोही क्षेत्रमा पराजित भएका थिए।
Facebook Comment