बुबाकाे विरासत मात्र जाेगाएनन्, अमरकान्त चाैधरीले उपेन्द्र यादव र आफ्नै काकालाई पराजित गरे
सप्तरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी निर्वाचित भएका छन् । चौधरीले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई साढे १७ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
रास्वपाका चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेर निर्वाचित हुँदा यादवले १५ हजार २३९ मत पाए । नेपाली कांग्रेसका दिनेशकुमार गुप्ताले ८ हजार ४२४ र नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत पाए। अमरकान्नत स्वर्गीय चन्द्रकान्त चौधरीका छोरा हुन्। उनले आफ्नै काका एमालेका ताराकान्त चौधरीलाई पनि पराजित गरेका छन्।
Facebook Comment