पत्रकारितादेखि संसदसम्म ठाकुरसिंह थारुको यात्रा
बर्दिया क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार ठाकुर सिंह थारु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई ३४ हजार ९८८ मतअन्तरले हराए ।
निर्वाचन आयोगका अनुसार ठाकुरसिंहले ४९ हजार ६३१ मत पाएर निर्वाचित हुँदा एमाले उम्मेदवार अधिकारीले १४ हजार ६४३ मत पाएका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सन्जय कुमार गौतमले १२ हजार ७२२ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन् ।
नागरिक उन्मुक्ति पार्टी नेपालका अब्दुल खानले ५ हजार ७२४ र राप्रपाका विरबहादुर कामीले १ हजार ३४४ मत पाएका छन् । यसअघि पत्रकारिता पेशामा आबद्ध रहेका ठाकुर अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट सोही क्षेत्रमा उम्मेदवारी दिएका थिए। उनी तेस्रो स्थान रहँदै पराजित भएका थिए।
Facebook Comment