पेट्रोलको मूल्य एकैपटक १५ रुपैयाँले बढ्यो

मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजल र मट्टितेलमा १० रुपैयाँ वृद्धि गरेको छ।

निगमको सञ्चालक समितिको बैठकले भारतबाट मूल्यवृद्धि भएर आएपछि नेपालको मूल्य पनि समायोजन गरेको जनाएको छ। अब काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोलको मूल्य १७२ रुपैयाँ पर्ने छ। पेट्रोलियम पदार्थको नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुने छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *