बालेन क्याबिनेटमा थारू मन्त्री नबन्ने
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज प्रधानमन्त्री पदमा सपथ लिँदैछन्। नेपालको संविधान २०७२ को धारा ७६ (१) बमोजिम उनी प्रधानमन्त्रीमा सपथ लिँदैछन्। बालेनले हाल रहेका २२ मन्त्रालयलाई घटाएर १५ देखि १८ मन्त्रालय बनाउन लागेका छन्।
मन्त्रीका लागि रास्वपामा विभिन्न पक्षहरू तीव्र छलफलमा छन्। रवि र बालेन पक्षले सपथअघि मन्त्रीहरूको टुंगो लगाउने गृहकार्य गरिरहेका छन्।
तर, ९ जना सांसद रहेको थारूहरूको भने मन्त्री बन्ने सम्भावना छैन। रास्वपा स्रोतका अनुसार थारू सांसदबाट कोही पनि मन्त्री बनिरहेका छैनन्। बालेन र रविले आफ्नो ‘कोर टिम’भित्रका व्यक्तिहरूलाई मन्त्री बनाउँदैछन्।
थारू सांसदलाई संसदीय समितिको जिम्मेवारी दिन सकिने स्रोतको भनाइ छ। हरेक मन्त्रीसँग सांसदहरूको टिम पनि बनाउने तयारी बालेनको छ। थारू सांसदहरू मन्त्रीको टिममा रहनसक्ने आकलन पनि गरिएको स्रोतको भनाइ छ।
यद्यपि, थारु सांसदहरूले एक मन्त्रालय दिनुपर्ने भने तीव्र लबिङ गरिरहेका छन्। विशेषः नाउपाबाट आएका नेताहरूले जसरी पनि एक मन्त्रालय दिनुपर्ने भन्दै दबाब बढाएका छन्।
थारु समुदायबाट सुरेन्द्र चौधरी, ठाकुर सिंह थारू, अशोक चौधरी, पुष्पा चौधरी, गीता चौधरी, करिश्मा कठरिया, अमरकान्त चौधरी, प्रेमलाल चौधरी र सुरेश चौधरी सांसदमा निर्वाचित भएका थिए। पूर्व नाउपाबाट भने लेखजंग थापा र कोमल ज्ञवाली सांसदमा निर्वाचित भएका थिए।
Facebook Comment