आयरल्यान्डमा सम्पन्न च्याम्पियनसिपमा छबिन नारायण चौधरी भए प्रथम
सप्तरीका छबिन नारायण चौधरीले आयरल्यान्डमा भएको विश्व विज्ञान क्विज च्याम्पियनसिपमा प्रथम स्थान हासिल गरेका छन्। डुब्लिनमा भएको उक्त प्रतियोगितामा ५६ देशका प्रतिस्पर्धी सहभागी थिए। ती प्रतस्पर्धीलाई पछि पार्दै छुबिन प्रथम स्थान हासिल गर्न सफल भएका हुन्। उक्त प्रतियोगिता प्रत्येक ३-३ वर्षमा आयोजना हुन्छ।
सप्तरी हर्दिया निवासी छुबिन अध्ययनका सिलसिलामा हालः बेलायतमा बस्छन्। उनको कप्तानीमा थारु युवाहरूले फुटबल टोलीसमेत बनाएको छ। उक्त फुटबल टोली बेलायतमा आयोजना हुने प्रतियोगिताहरू खेल्दै आएको छ।
Facebook Comment