थारू समुदायसँग माफी माग्दै तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद कठरियाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिष्मा कठरियाले संसद्को अर्को बैठक बस्नु अगाडि गहुँको मुल्य तोकिएको सुन्न पाउनुपर्ने बताएकी छन्
‘यो सरकारले सेकेण्डका हिसाबले काम गर्ने भनेको कुरा म स्मरण गराउन चाहन्छु । के त्यो कुरा किसानका समस्या समाधान गर्ने दिशामा पनि साच्चिकै लागू होला र ?’ उनले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भनिन् ।
नेपालमा अहिलेसम्म ठगिएको र हेपिएको वर्ग नै किसान रहेको उल्लेख गर्दै उनले भनिन्, ‘तत्काल गहुँको समर्थन मुल्य तोकियोस् र किसानले उत्पादन गरेको गहुँ खरिद गर्ने व्यवस्था गरियोस् । अर्को बैठकमा आउँदा यो कुरा भएको सुनन्न पाइयोस् ।’
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरेकी छन् । राज्यले हालसम्म थारु समुदायलाई गरेको अन्यायप्रति माफी माग्दै उनले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिन्।
Facebook Comment