२६ वर्षमै उपसभामुख बन्दै रुवीकुमारी
धनुषाकी रुवीकुमारी ठाकुर २६ वर्षकै उमेरमा उपसभामुख बन्ने भएकी छन्। झन्डै दुई तिहाइको सत्तारुढ दल रास्वपाले समर्थन गरेपछि रुवी लगभग उपसभामुख बन्ने पक्का भएकी हुन्। हुनतः राप्रपाबाट सरस्वती लामाले पनि उक्त पदमा उम्मेदवारी दिएकी छन्। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीकी सांसद रुवीले आफू सधैं देशलाई साथ दिने बताइन्। आफूले देशलाई सबैथोक गर्न सधैं तयार रहने उनको भनाइ छ।
रुवीले आफ्ना नेता हर्क साम्पाङलाई पनि धन्यवाद दिएकी थिइन्। संसदमा पनि उनले मधेसमा मौलाउँदै गएको दाइजोप्रथाबारे बोलेर सबैको ध्यान आकृष्ट गरेकी थिइन्। मधेशमा दाइजोको कारण महिलाहरू पीडित भैरहेको औंल्याउँदै उनले सरकारलाई ध्यानाकर्षण गराएकी थिइन्।
Facebook Comment