बाघ मार्न बर्दियाका जनताले जंगल फाँड्न नपरोस् : सांसद कृष्ण कुश्मा थारू
बर्दिया कूल जनसंख्याको आधाभन्दा बढी थारूहरूको बसोबास छ। बर्दिया राष्ट्रिय निकुञ्ज आसपास थारू गाउँहरू नै पर्दछ। पछिल्लो समय बर्दियाली नागरिकहरू वन्यजन्तुको आक्रमणमा पर्दै आएका छन्। त्यहाँका बासिन्दाहरू आफ्नै गाउँ-घर, खेत-बारीमा पनि वन्यजन्तुको सिकार हुनुपरेको छ। त्यसैले होला स्थानीय, प्रदेश र संघमा पनि यसको बहस दिनहुँ हुने गरेको छ। बर्दियाका सांसदहरू संघमा ठाकुर सिंह थारु र प्रदेशमा सांसद राजकुमार चौधरी, सन्जु चौधरीलगायत पनि आवाज उठाए।
लुम्बिनी प्रदेशसभाको आजको बैठकमा भने नेकपाकी सांसद कृष्णा कुश्मा थारूले कडा नै चेतावनी दिइन्। वन्यजन्तुको आक्रमण यसैगरी बढ्दै जाने र सरकारहरू रमिते बन्दै जाने हो भने त्यहाँका जनताहरु वन फाँडेर बाघ मार्ने उनले चेतावनी दिइन्। नेपालको संविधानले नै स्वतन्त्रपूर्वक बाँच्ने अधिकार दिएको भन्दै उनले हप्तैपिच्छे बा’घले मान्छे’माथि आ,क्रमण गरिरहेको बताइन्। आफ्नै घर, खेत, बाटोघाटोमा पनि नागरिकहरू सुरक्षित नरहेको उनको भनाइ छ।
Facebook Comment