कृषि मन्त्री गीता चौधरीको सम्पत्ति कति?

कृषि पशुपन्छी तथा वन मन्त्री गीता चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। कञ्चनपुरको पिपलाडी निवासी मन्त्री चौधरीसँग विभिन्न बैंकमा नगद मौजदात १ लाख २६ हजार रुपैयाँ रहेको छ। त्यस्तै २ लाख ५० हजार बराबरको सेयर रहेको छ।

त्यस्तै बर्दियाको राजापुरमा करिब १५ कठा जग्गा र श्रीमान सुनिल चौधरीको रुपन्देहीमा ३ कठा बढी जग्गा रहेको छ।

मन्त्री चौधरीसँग ५ तोला सुन र १०० तोला चाँदी रहेको छ। स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको उनले उल्लेख गरेकी छन्। त्यस्तै मोबाइल ९० हजार रुपैयाँ र ल्याप्टप ७५ हजार रुपैयाँ रहेको जनाइएको छ।

स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सम्पत्तिको नाममा माइतीले दिएको २ वटा बाख्रा र १० कुखुरा रहेको जनाइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *