गृहमन्त्री गुरुङको सम्पत्ति: करोडौंको सेयर, तीन जिल्लामा जग्गा र ६१ लाख नगद
गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गुरुङका तीन जिल्लामा जग्गा रहेको छ।
गुरुको गृहजिल्ला गोरखामा २२१ रोपनी, धनकुटामा साढे १९ रोपनी र चितवनमा डेढ विघा जग्गा रहेको छ। त्यस्तै ८९ तोला सुन र ६ किलो चाँदी मन्त्री गुरुङसँग रहेको छ। उक्त गरगहना पैतृक सम्पत्ति भएको उनले उल्लेख गरेका छन्।
त्यस्तै गृहमन्त्री गुरुङसँग ६१ लाख बढी नगद विभिन्न कम्पनीको सेयर पनि रहेको छ। विवरणअनुसार होप होल्डिङको ३० हजार थान, लगुम प्रिमियम अपार्टमेन्ट्सको ५७ हजार थान र धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार २०० बराकरको सेयर रहेको छ।
त्यस्तै एडभेन्चर्स भिल्लाको ७० हजार थान सेयर रहेको विवरणमा उल्लेख छ। त्यस्तै मन्त्री गुरुङसँग ४८ लाख बजारबरको कार रहेको छ।
Facebook Comment