सिताराम थारु
आदिवासी भूमीपुत्र थारुहरुको आवाज उठाउने, सडक, सदन र सरकारलाई दबाब दिने थरुहट/थारुवान संयुक्त संघर्स समिति अहिले अपाङ्ग अवस्थाबाट गुज्रिरहेको छ। १९ जना सदस्य र ४ जना संयोजक रहेका केन्द्रीय आन्दोलन परिचालन तथा संयोजन समिति अहिले शक्तिविहीन र नेतृत्वविहीन अवस्थामा छ। Continue reading “थरुहट/थारुवान संयुक्त संघर्ष समिति पुनर्गठन गरौं [विचार]”
Author: admin
वैशाख ३० गतेदेखि चरणबद्ध आन्दोलन हुन्छ : लक्ष्मण थारु
टीकापुर घटनामा जेल परी छुटेका लक्ष्मण थारु दोस्रोपटक जिल्ला दौडाहामा निस्किने भएका छन्। यसपटक उनको यात्रा झापासम्मै रहेको छ। यसअघि उनी पश्चिम जिल्ला बर्दियादेखि नवलपरासीसम्मका युवाहरुसँग भेटघाट गरेका थिए। Continue reading “वैशाख ३० गतेदेखि चरणबद्ध आन्दोलन हुन्छ : लक्ष्मण थारु”
भवनकुमार थारु बने नेकपा बर्दिया अध्यक्ष
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ। नेकपाले सार्वजनिक गरेको सूचीअनुसार थारु समुदायका एकजनामात्र जिल्ला अध्यक्ष भएका छन्। सचिवमा भने कुनै थारु अटाएनन्। नेकपाले माओवादीका तर्फबाट भवनकुमार थारुलाई बर्दियाको अध्यक्ष बनाएको छ। तत्कालीन एमालेको तर्फबाट भने कुनै थारुहरु अध्यक्ष वा सचिवमा परेनन्। Continue reading “भवनकुमार थारु बने नेकपा बर्दिया अध्यक्ष”
राज-अन्जुको नयाँ गीत, चुडेल अवतारमा देखिइन् अन्जु
थारु सांगीतिक क्षेत्रमा राज कुश्मी र अन्जु कुश्मी बेस्ट जोडीको रुपमा चिनिन्छन् । यी दुईले ड्युट गायनमात्र होइन, आफ्नो गीतमा आफैँ अभिनयसमेत गर्दै आएका छन् । Continue reading “राज-अन्जुको नयाँ गीत, चुडेल अवतारमा देखिइन् अन्जु”
थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वरलाई गरे अहिलेसम्मकै ठूलो सहयोग
कारी महतो/चितवन।
थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छ । सोसाईटीले पाँच लाख २४ हजार ७४० रुपैयाँ जलेश्वर बचाउ अभियानको नाममा गरिमा विकास बैंकको खाता नं. ०३७१०१००७४००७५०००००१ मा नगद जम्मा गरी बैंक भौचर आज जलेश्वरका बुबाआमा सुकराम महतो र मलुई महतोलाई हस्तान्तरण गरिएको छ । Continue reading “थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वरलाई गरे अहिलेसम्मकै ठूलो सहयोग”
वीर रितुको पोखरामा अनस्क्रिन रोमान्स [भिडियो रिपोर्ट]
कुनै बेला वीर चौधरी र अलिसा चौधरी हट जोडीको रुपमा चिनिन्थे । म्युजिक भिडियोमा मात्र होइन, यी जोडीलाई विभिन्न स्टेज कार्यक्रममा पनि हेर्न सकिन्थ्यो । तर अलिसा चौधरी हालसालै विवाह बन्धनमा बाँधिएकी छन् । उनको ठाउँ लिएकी छन् रितु चौधरीले । Continue reading “वीर रितुको पोखरामा अनस्क्रिन रोमान्स [भिडियो रिपोर्ट]”
जलेश्वरलाई अमेरिकी थारुहरुको १ लाख २२ हजार सहयोग
कारी महतो।
साउदी सरकारलाई ब्लडमनि तिर्न नसकी साउदीमा अलपत्र परेका खैरहनी नगरपालिका वडा नं. १०, चितवनका जलेश्वर महतोलाई सकुशल स्वदेश फिर्ता ल्याउनका लागि विभिन्न संघसंस्थाहरुले आर्थिक सहयोग गरेका छन् । यसैबीच अमेरिकामा रहेका थारुज एण्ड फ्रेन्ड्स् एशोसिएसन (टिएफए) ले जलेश्वर महतो बचाउ अभियानका लागि एक लाख २२ हजार आठ सय रुपैयाँ सहयोग गरेका छन् । Continue reading “जलेश्वरलाई अमेरिकी थारुहरुको १ लाख २२ हजार सहयोग”
मुर्गियामा थारू साहित्यकारहरुको जमघट, ७ बुँदे घोषणापत्र जारी
कृष्णराज सर्वहारी/रुपन्देही।
थारू लेखक संघ नेपाल तथा थारू कल्याणकारिणी सभा (थाकस) सैनामैना नगर समिति, रुपन्देहीको आयोजनामा गरिएको चौथो राष्ट्रिय थारू साहित्य सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । Continue reading “मुर्गियामा थारू साहित्यकारहरुको जमघट, ७ बुँदे घोषणापत्र जारी”
अन्जु कुस्मीले को सँग गरिन् विवाह?
अन्जु कस्मी अहिले चलेका थारु गायिका एवं मोडेल हुन्। राज कुस्मीको अनस्क्रिन जोडीकोरुपमा प्रख्यात यी मोडलले आज आफ्नै वैवाहिक जीवनको सफलताको कामना गर्दै स्टाटस लेखिन्। त्यतिमात्र होइन, हनिमुन मनाउन आजै अमेरिका प्रस्थान गर्दैगरेको खुलासा पनि गरिन्। Continue reading “अन्जु कुस्मीले को सँग गरिन् विवाह?”
मुक्ति हुइली हमरा कमैया गीतको भिडियो चैत २२ गते रिलिज हुने
मुक्ति हुइली हमरा कमैया बोलको गीत रिलिज हुने भएको छ। दीपक चौधरी दीपको निर्देशनमा तयार भएको भिडियो चैत २२ गते गने चम्पन साँस्कृतिक समूहको युट्युब च्यानलबाट रिलिज हुने बताइएको छ। Continue reading “मुक्ति हुइली हमरा कमैया गीतको भिडियो चैत २२ गते रिलिज हुने”