चाैथाे थारु राष्ट्रिय साहित्यिक सम्मेलनका अवसरमा लावा डग्गर त्रैमासिक पत्रिकाका प्रधान सम्पादक छविलाल काेपिलाले थारु लेखक संघका अध्यक्ष तथा चौथो थारु राष्ट्रिय साहित्यिक सम्मेलनका मूलसंयाेजक कृष्णराज सर्वहारीसँग गरेको कुराकानी। Continue reading “भाषा र साहित्यको विकास नै थारु राष्ट्रिय साहित्य सम्मेलनको मूल उद्देश्य हो : सर्वहारी [अन्तर्वार्ता]”
Author: admin
डुमरवाना पोत्ता भलिबल प्रतियोगितामा आयोजक, महोत्तरी र धनुषा विजयी
डुमरवाना विकास मञ्चको आयोजनामा बाराको जितपुर सिमरा उपमहानगरपालिका १३ नम्बर वडामा भलिबल प्रतियोगिता आयोजना गरिएको छ। डुमरवाना पोत्ता खुला भलिबल प्रतियोगितामा विभिन्न जिल्लाका टोलीहरु सहभागी छन्। Continue reading “डुमरवाना पोत्ता भलिबल प्रतियोगितामा आयोजक, महोत्तरी र धनुषा विजयी”
राष्ट्रिय विकास परिषदको सदस्यमा कान्छी उपमेयर शिवकुमारी नियुक्त
सीताराम चौधरी/कपिलवस्तु।
नेपालकै कान्छी उपमेयर शिवकुमारी चौधरी(थारु) नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त भएकी छन् । नेपाल सरकारको मन्त्रिपरिषदको चैत ११ गतेको निर्णयानुसार चौधरीलाई राष्ट्रिय बिवकास परिषदको सदस्यमा नियुक्त गरिएको हो । राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ को दफा ७ को उपदफा २(ञ) बमोजिम चौधरी (थारु) लाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको आयोगका सदस्य सचिव लक्ष्मण अर्यालद्वारा हस्तक्षरित पत्रमा उल्लेख छ । Continue reading “राष्ट्रिय विकास परिषदको सदस्यमा कान्छी उपमेयर शिवकुमारी नियुक्त”
टीकापुर पुगेर बाबुरामले भने- ‘अर्को थारु विद्रोह हुनसक्छ’
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठसहित कैलालीको टीकापुर पुगेका छन् । टीकापुर घटनाबारे अदालतले गरेको फैसलासहित मुलुकको समसमायिक राजनीतिक घटना क्रमबारे खुला छलफल गर्न भट्टराई मंगलवार टीकापु्र पुगेका हुन् । Continue reading “टीकापुर पुगेर बाबुरामले भने- ‘अर्को थारु विद्रोह हुनसक्छ’”
अन्नु र सिएल चौधरीको ‘कत्रा मैया लगैलो’ [भिडियो]
अन्नु चौधरी र सिएल चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। कत्रा मैया शीर्षक गीतको शब्द संगीत सिएल चौधरीकै रहेको छ। गीतको स्टुडियो भर्सन थारु फिल्मस् प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
प्रधानमन्त्रीलाई काउन्टर दिँदै गच्छदार भने, ‘सरकारको काम घामजस्तै छर्लङ्ग छ !’
सरकारले असाधारण काम गरेको प्रधानमन्त्रीको दाबीमा प्रमुख विपक्षी कांग्रेसले प्रश्न उठाएको छ । आइतबार संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको लामै फेहरिस्ता प्रस्तुत गरेका थिए । झण्डै ८०० किलोमिटर सडक पिच भएको, धान उत्पादनमा ९ प्रतिशत बृद्धि भएकोदेखि सिके राउतसँग भएको सहमतिलाई प्राधनमन्त्री ओलीले सरकारको सफलताको रुपमा प्रस्तुत गरेका थिए । Continue reading “प्रधानमन्त्रीलाई काउन्टर दिँदै गच्छदार भने, ‘सरकारको काम घामजस्तै छर्लङ्ग छ !’”
‘मान्छेका टाउका काट्दै हिँड्ने ओलीजीको आन्दोलन हुने, थारुको आन्दोलन घटना हुने ?’
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले टीकापुर घटना नभएर राजनीतिक आन्दोलन भएको जिकिर गरेका छन् । नयाँ शक्ति पार्टीले आइतबार काठमाडौंमा आयोजना गरेको ‘देशको विद्यमान परिस्थितिमा राजनीतिक दलको भूमिका’ अन्तरक्रिया कार्यक्रममा महतोले यस्तो तर्क गरेका हुन् ।
“टीकापुर घटना हो भने झापा आन्दोलन किन आन्दोलन हो ? त्यो पनि घटना नै होला नि,” महतोले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, “बञ्चराले मान्छेका टाउका काट्दै हिँड्ने तपाईंहरुको चाँही आन्दोलन हुने, थारुको अधिकार र पहिचानका लागि रेशम चौधरीले आन्दोलन गर्दा चाँही त्यो कसरी घटना हुने ?”
वर्तमान सरकार सीके राउतको प्रवक्ता भएको महतोको आरोप छ। “अहिलेको सरकार सीके राउतको प्रवक्ता भएको छ,” विप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्धबारे महतोले भने, “प्रतिबन्धले समस्या समाधान हुँदैन ओलीजी । ज्ञानेन्द्रले दम्भकै कारण नारायणहिटी छोड्नु पेरको हो । ओलीजीको अहिलेको व्यवहार हेर्दा उहाँमा आजीवन प्रधानमन्त्रीमा बस्ने दम्भ देखिन्छ, नेपाली राजनीतिको इतिहासमा दम्भ बोकेका कुनै पनि शक्ति धेरै समय टिक्न सकेका छैनन् ।”
संविधान संशोधनमा वर्तमान सरकार कठोर रहेको भन्दै महतोले मधेसी जनताको अधिकार र पहिचानको मुद्दा अझै नटुङ्गिएको बताए । “जनताको हक, अधिकार र पहिचानको मागमा सरकारले संविधान संशोधन गर्न नचाहेर भेदभाव गर्छ,” नागरिकता ऐन संशोधनमा सरकार असंवेदनशील बनेको आरोप लगाउँदै महतोले भने, “हुँदाहुँदा अब छोरा र छोरीलाई पनि सरकारले भेदभाव गर्न थाल्यो ।”
छोरीले विदेशी ज्वाइँसँग विवाह गरे तिनका छोराछोरीले वंशज नागरिकता पाउनुपर्ने तर्क गर्दै महतोले थपे, “यसका लागि घरमा श्रीमती र छोरीहरुले आन्दोलन गर्नुपर्छ, घरको दानापानी बन्द गर्नुपर्छ ।”
महतोले नेपालमा अहिले जनताको अधिकार र पहिचानको मुद्दा नटुंगिएको अवस्थामा आन्दोलन जारी रहेकाले यस्तो अवस्थामा लगानी सम्मेलनको वातावरण नभएको बताए । ०४६, ०६२-०६३ र ०५२ देखि ०६२ सम्मको सशस्त्र जनयुद्धजस्तै टीकापुर काण्डलाई पनि राजनीतिक आँखाबाट हेर्न महतोले सुझाए ।
“टीकापुर काण्ड पहिचानको लडाइँ हो, आन्दोलन हो, घटना होइन,” महताले भने । कार्यक्रममा महतोले नेपाली कांग्रेस दम नभएको कमजोर प्रतिपक्षी भएको दाबी गरे । “एउटा दल दुई तिहाइ बहुमतका साथ सत्तामा छ, उसमा धेरै दम्भ छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दम नै नभएर हराइरहेको छ,” महतोले भने ।
अहिले राज्य आतंक चलेको छ, अधिकार माग्दा जेल जानुपर्छ : महन्थ ठाकुर
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले मुलुकमा अहिले राज्य आतंक चलिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राज्य आतंकका कारण जनताले आफ्नो अधिकारका लागि आवाज उठाउनसमेत नपाएको बताए ।
‘अहिले राज्य आतंक चलिरहेको छ, राज्य आतंक सबैभन्दा ठूलो हुन्छ । किनकी उसको हातमा गोली हुन्छ, उसको हातमा कानून हुन्छ, उसको हातमा अदालत हुन्छ । उसले जहाँ पनि हान्न सक्छ’ नेता ठाकुरले भने ।
उनले टीकापुर घटनामा रेशम चौधरी जेल जानु राज्य आतंक भएको जिकिर गरे । ‘लोकतन्त्रमा अधिकार माग्दा जेल जानुपर्ने’ उनले प्रश्न गरे ‘अधिकार माग्दा जेल जानुपर्यो भने कुन सिस्टममा अधिकार माग्ने ?’
नेता ठाकुरले सरकारले अतंक मच्चाउदा इनाम र प्रशंसा पाउने तर जनताले अधिकार माग्दा जेल जानुपर्ने, गोली खानुपर्ने अवस्था रहेको बताए । अहिले लोकतन्त्र भए पनि केन्द्रीकृत खालको लोकतन्त्र रहेको जिकिर गरे ।
छोराछोरीलाई शिक्षाबाट वञ्चित नगरौं : मेयर चौधरी
सन्तोष दहित/घोराही।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले थारु समुदायलाई शारीरिक श्रम नभई ज्ञानको श्रममा लाग्न आग्रह गरेका छन् । घोराही, ७ घुस्रामा आयोजना गरिएको थारु कल्याणकारिणी सभा दाङको संगठन विस्तार तथा जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारु समुदायले सदियो वर्षदेखि शारीरिक श्रम गरेकै कारणले पछि परेको बताए । Continue reading “छोराछोरीलाई शिक्षाबाट वञ्चित नगरौं : मेयर चौधरी”
भिडियोमा हेर्नुहोस् थारु होली गीत कलेक्सन
होली पर्वमा विभिन्न म्युजिक कम्पनीले निर्माण गरेका थारु होली गीत सुन्नुहोस्। तपाईँलाई कुन मनपर्छ कमेन्टमा लेख्नुहोला। Continue reading “भिडियोमा हेर्नुहोस् थारु होली गीत कलेक्सन”