प्रदेश र संघीय संसदको निर्वाचन मंसिर १० गते गर्ने सरकारको निर्णय

सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । Continue reading “प्रदेश र संघीय संसदको निर्वाचन मंसिर १० गते गर्ने सरकारको निर्णय”

संविधान संशोधन प्रस्ताव पारित गर्न ४८ मत पुगेन, विधेयक अस्वीकृत

व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ पारित हुन सकेन । संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । Continue reading “संविधान संशोधन प्रस्ताव पारित गर्न ४८ मत पुगेन, विधेयक अस्वीकृत”

मुक्त कमलरीलाई परिचयपत्र, १३ हजार कमलरी लाभान्वित हुने

मदन चौधरी/काठमाडौं।

सरकारले मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्न थालेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले दाङका ८ कमलरीलाई परिचयपत्र बाँडेर अभियानको सुरुवात गरेका हुन्। घोराहीमा आयोजित परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा उनले चार महिनाभित्र करिब १३ हजार कमलरीलाई परिचयपत्र वितरण गरिसक्ने जानकारी दिए। Continue reading “मुक्त कमलरीलाई परिचयपत्र, १३ हजार कमलरी लाभान्वित हुने”

यो संशोधन विधेयकको औचित्य छैन : एमाले सांसद वैजनाथ चौधरी

नेकपा एमालेका सांसद वैजनाथ चौधरीले संशोधनको विषय अरु नै केही भएको बताएका छन्। संविधान संशोधन विधेयकको छलफलमा आइतबार संसदमा बोल्नै उनले यो संशोधन विधेयकको औचित्य नभएको बताए। Continue reading “यो संशोधन विधेयकको औचित्य छैन : एमाले सांसद वैजनाथ चौधरी”

कमिलाल थारुको कुल देउता हराएपछि तीन छोरीको अन्त्येष्टि अझै हुन पाएन

ठाकुरसिंह थारु/कान्तिपुर।

साउन २७ को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारूका तीन छोरीको मृत्यु भयो । तर ७ दिन बितिसक्दा पनि उनले मृतक छोरीहरूको अन्तिम संस्कार गरेनन् । छोरीसहित घरको कुल देउता पनि घरमै पुरिएपछि उनले अन्तिम संस्कार गर्न नपाएका हुन् । Continue reading “कमिलाल थारुको कुल देउता हराएपछि तीन छोरीको अन्त्येष्टि अझै हुन पाएन”

सिडिओमाथि मन्त्री दहित आक्रोशित, भने, मन्त्रीको सम्मान गर्न नसक्नेले नागरिकको सम्मान कसरी गर्छ ?

भूमिसुधार मन्त्री गोपाद दहितले दाङका प्रमुख जिल्ला अधिकारीले आफ्नो सम्मान नगरेको बताएका छन्। ‘मुक्त कमलरी परिचय पत्र वितरण’ सहितका कार्यक्रममा सहभागी हुन शनिबार दाङ पुगेका मन्त्री दहितले झन्डावाला गाडी नपठाएको भन्दै जिल्ला प्रमुख अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई लाज मान्नुपर्ने बताए। उनले मन्त्रीको सम्मान गर्न नसक्ने सिडिओले दाङका नागरिकलाई के सम्मान दिने भन्दै गुनासो गरेका थिए।

‘हाम्रो यहाँका प्रमुख जिल्ला अधिकारीले वर्तमान मन्त्रीलाई कसरी इज्जत सम्मान दिनुपर्छ भन्ने सिकेका रहेनछन्,’ उनले भने, ‘एउटा गाडी नेपालगञ्ज पठाउन सक्दैनन्,’ दहितले भने, ‘२७/२८ जना मन्त्री हुँदा ११ औं नम्बरमा पर्ने गोपाल दहित हो। तर, आज यहाँ कार्यक्रम हुँदा झण्डा भएको गाडी पठाउँदैनन्। यस्ता गैरजिम्मेवारपूर्ण प्रजिअ पाएका छौं।’

उनले भने, ‘उहाँलाई लाज लाग्नु पर्ने हो । यति लाज लाग्नु पर्ने कि आजको कार्यक्रममा सीडीओ भएर बस्न नसक्नु पर्ने हो । किनकी मन्त्रीलाई इज्जत दिन सक्दैन भने दाङका नागरिकलाई के इज्जत दिनसक्नु ।’ पूर्व जानकारी दिएर आउँदा पनि ‘लापर्वाही’ भएको भन्दै भूमिसुधार मन्त्रीले सानो दल भनेर वा थारु मन्त्री भनेर हेपेको होला । यो लज्जास्पद छ ।’

निर्दोष थारुलाई रिहाई नगरेसम्म संशोधन विधेयकको पक्षमा उभिन सक्दिन : गंगा थारु

नयाँ शक्ति नेपालका सांसद गंगा चौधरीले आफू संविधान संशोधन विधेयकको विपक्षमा उभिने बताएकी छन्। संशोधन विधेयकमाथिको छलफलमा आइतिबार संसदमा बोल्दै उनले थारुहरुको माग पूरा नहुन्जेलसम्म र निर्दोष थारुहरुलाई रिहाई नगरेसम्म संशोधन विधेयकको पक्षमा उभिन नसक्ने स्पष्ट पारे। Continue reading “निर्दोष थारुलाई रिहाई नगरेसम्म संशोधन विधेयकको पक्षमा उभिन सक्दिन : गंगा थारु”

विपद्को सामना गर्न किन सक्दैनौं सरकार?

सोम डेमनडौरा।

हामी अहिले क्रमबद्धरुपले वपत्तिको सामना गर्दै आइरहेका छौं। कहिले महाभूकम्प, कहिले बाढी र डुबान त कहिले आगलागी। राजनीतिकरुपले अस्तब्यस्त भएको हाम्रो जस्तो अल्पबिकसित राष्ट्रमा यस्ता बिपत्तीले जनजीवन तहसनहस् पार्नु स्वभाविकै हो। यि प्राकृतिक बिपत्तिको सामना गर्नका लागि बिभिन्न प्रयासहरु प्रायः बिफल भएका छन्। हुन त दैबीप्रकोप रोक्ने उपाय हामीसँग छैन। तर यसको सामना या यो सँग जुध्न सक्ने क्षमता भने बनाउन सकिन्छ। त्यो प्रयास नेपालमा नभएको भने होइन। तथापि हामीहरुले हरेक बर्ष ठुलै क्षति बेहोर्न परेको छ। Continue reading “विपद्को सामना गर्न किन सक्दैनौं सरकार?”

कोरियामा ज्यान गुमाउने चौधरी परिवारलाई थाकस कोरियाको सहयोग

थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया शाखाले कैलालीको धनगढी उपमहानगर पालिका-१४ फूलबारी एच गाउँका छविलाल चौधरीको परिवारलाई सहयोग गरेको छ। दक्षिण कोरियामा बङगुरफार्मको ट्यांकी सफा गर्ने क्रममा गत जेठ ४ गते निजको असामायिक निधन भएको थियो। Continue reading “कोरियामा ज्यान गुमाउने चौधरी परिवारलाई थाकस कोरियाको सहयोग”