लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पको अध्यक्षमा कृष्ण भट्ट चयन भएका छन् । सोमबार भएको तेस्रो अधिवेशनले वर्ष २०१९/२०२० का लागि भट्टको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा दिपेन्द्र खरेल, द्धितीय उपाध्यक्षमा ध्रुव घिमिरे, तृतीय उपाध्यक्षमा ईश्वर रिजाललाई चयन गरेको छ । Continue reading “लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पको सचिवमा दिपेश चौधरी चयन”
Author: admin
कानुनमन्त्रीले भने- ‘लाल आयोगको प्रतिवेदन ‘यथाशिघ्र’ सार्वजनिक गर्छौं’
राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको छ । टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो । Continue reading “कानुनमन्त्रीले भने- ‘लाल आयोगको प्रतिवेदन ‘यथाशिघ्र’ सार्वजनिक गर्छौं’”
टीकापुर घटना जनताले अनुमोदन गरिसके, रेशम चौधरीलाई जेलमुक्त गरौं : बाबुराम भट्टराई
नयाँ शक्ति पार्टी नेपालले टीकापुर घटनालाई जनताले अनुमोदन गरिसकेको बताएको छ । यही चैत २ गते सम्पन्न पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारले एकातिर विखण्डनकारी तत्वलाई अतिरञ्जित तवरले गौरवीकरण गर्न खोजेको र अर्कोतिर अखण्डता र सार्वभौमसत्ता पक्षधर, प्रदेश सीमाङ्कनबारे फरक मत राख्ने टीकापुर घटनाका विद्रोहीहरूलाई हदैसम्मको दण्ड गर्ने निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको ठहर गरेका हुन् । Continue reading “टीकापुर घटना जनताले अनुमोदन गरिसके, रेशम चौधरीलाई जेलमुक्त गरौं : बाबुराम भट्टराई”
बिन्दास अवार्डमा मनिस र मिस्मिताले झुमाए दर्शक
धनगढीमा आयोजित बिन्दास अवार्ड समारोहमा बालगायक मनिष थारु र मिस्मिता चौधरीको प्रस्तुती।
सरकारलाई राजपाको चेतावनी, बडो दुर्भाग्य भन्दै संसद अवरोध
राष्ट्रिय जनता पार्टी (राजपा) ले आइतबारको संसद बैठक अवरुद्ध गरेको छ । अपरान्ह प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेको बताएका छन् । संसदमा उभिएर बोल्दै राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘आज बडो दुर्भाग्य भयो, हामीले संसद बैठक अवरुद्ध गर्नुपर्यो ।’ Continue reading “सरकारलाई राजपाको चेतावनी, बडो दुर्भाग्य भन्दै संसद अवरोध”
रेशमलाल चौधरी : सधैं चर्चा र विवादमा
गणेश चौधरी/टीकापुर।
रेशम चौधरीले तीनपटक आम निर्वाचनमा उम्मेदवारी दिए । उनी पहिलो तथा दोस्रो संविधान सभामा सहभागी भैसकेका थिए । त्यतिबेला उनलाई जनताले पत्याएनन् । टीकापुर घटनापछि प्रवासमा रहेका रेशमको चुनावी प्रचार पृथक थियो । उनले सामाजिक सञ्जालसहित आधुनिक प्रविधि प्रयोग गरी आफ्ना प्रचारकहरूलाई घरदैलोमा खटाए । उनी निर्वासित भए पनि प्रोजेक्टरमार्फत गाउँ–गाउँमा आफ्नो पीडा पुर्याए, थरुहट एजेन्डा र आन्दोलनका कुरा गरे अनि जनताको सहानुभूति बटुल्न सफल भए । Continue reading “रेशमलाल चौधरी : सधैं चर्चा र विवादमा”
विन्दास मिडिया अवार्डमा खेम र समीक्षा भए उत्कृष्ट गायक गायिका
नेपाल आइस विन्दास म्युजिक अवार्ड २०७६ ले विभिन्न १८ विधामा कलाकारहरुलाई सम्मान गरिएको छ। घोडाघोडी मिडिया सञ्चार समूह (बिन्दास मिडिया)ले १८ विधामा राष्ट्रिय स्तरका थारु म्युजिक अवार्डबाट सम्मानित गरेको हो। Continue reading “विन्दास मिडिया अवार्डमा खेम र समीक्षा भए उत्कृष्ट गायक गायिका”
थरुहट संघर्ष समितिले चैत १६ गते राष्ट्रिय भेला गर्दै, देशभरिका थारु नेताहरु सहभागी हुने
थरुहट प्रदेशको माग गर्दै आएको थरुहट/थारुवान संघर्ष समितिले बर्दियामा राष्ट्रिय भेलाको तयारी थालेको छ । संघर्ष समिति र थारु कल्याणकारिणी सभा (थाकस)ले चैत १६ गते बर्दियामा हुने थरुहट आन्दोलन, नेतृत्व र अबको बाटो विषयक राष्ट्रिय भेलाको तयारी थालेको हो । Continue reading “थरुहट संघर्ष समितिले चैत १६ गते राष्ट्रिय भेला गर्दै, देशभरिका थारु नेताहरु सहभागी हुने”
#कविता: रेशमलाल बिचल्लित नबन
कुङ्बा कान्छा
रेशमलाल
बिचल्लीत नबन
तानाशाहको हत्कडी
जतिनै मजबुत भए पनि
जनताको आवाज र शक्तिलाई बाँध्न सक्दैन। Continue reading “#कविता: रेशमलाल बिचल्लित नबन”
अदालतको फैसलामा सरकार केही गर्न सक्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनु खुसीको कुरा भएको बताएका छन्।
अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने काम राजपाले गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकारले राजपाका लागि गर्न सक्ने जति सबै काम गरेको बताए। Continue reading “अदालतको फैसलामा सरकार केही गर्न सक्दैन : प्रधानमन्त्री”