टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाले टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् । Continue reading “टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई सभामुखको रुलिङ”

चलीगोचाली: भुरभुरा रहरले थारु फिल्मको इतिहास बदल्नेछ

थारु फिल्म भुरभुरा रहरका निर्देशक मदन चौधरीसँग इन्डिजिनियस टेलिभिजनको थारु भाषाको कार्यक्रम चलीगोचालीका प्रस्तोता कृष्णराज सर्वाहरीसँग गरिएको कुराकानी हेर्नुस्:

रेशम चौधरीलाई जबरजस्ती दोषी बनाइयो : पत्‍नी रञ्जिता [भिडियो]

सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पति निर्दोष भएको बताएका छन्। उनले कैलाली अदालतले रेशम चौधरीलाई न्याय नगरेको बताइन्। कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी करार गर्दै रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको छ। जिल्ला अदालतले न्याय नगरेको भन्दै पत्‍नी रञ्जिताले उच्च अदालत जाने तयारी गरेको बताइन्।  Continue reading “रेशम चौधरीलाई जबरजस्ती दोषी बनाइयो : पत्‍नी रञ्जिता [भिडियो]”

पाठकपत्र: टीकापुर घटना र रेशम चौधरी

सोमना थारु/बेल्जियम।

टीकापुर घटनाका मुख्य आरोपी भनिएका सांसद रेशमलाल चौधरीलगायत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैद सजायको फैसला गरेको छ । यो फौसलाले फेरि पहिचानवादीहरु र थारुहरु झस्किएका छन्। उनीहरुले आफूहरुमाथि राज्य र न्यायलयले फेरि पनि विभेद् गरेको भनिरहेका छन्। हाम्रो न्यायालयमा भ्रष्टाचार हुन्छ। हाम्रो न्यायालय राजनीतिक शक्तिको प्रभावमा परेका थुप्रै समाचार हामीले सुनेकै छौं। Continue reading “पाठकपत्र: टीकापुर घटना र रेशम चौधरी”

कर्फ्यु लगाएर थारुको घर पसल लुट्ने प्रशासन अनि चोरी डकैती मुद्दा लाग्ने हामीलाई : लक्ष्मण थारु

जेलबाट रिहाई भएपछि थरुहट नेता लक्ष्मण थारु टीकापुर घटनामा जन्मकैद सजाय सुनाइएका पीडित परिवारसँग भेटघाट गरेका छन्। टीकापुर क्षेत्रका नवलपुर, लटकनिया, थारापुरलगायतका गाउँमा पुगी उनले जन्मकैद पाएकाहरुलाई जसरी पनि रिहाई गराइछाड्ने प्रतिबद्धता जनाए। Continue reading “कर्फ्यु लगाएर थारुको घर पसल लुट्ने प्रशासन अनि चोरी डकैती मुद्दा लाग्ने हामीलाई : लक्ष्मण थारु”

नेकपाकी सचेतक शान्ता चौधरी जब मञ्चमै ढलिन्

संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएर अस्पतालमा भर्ना भए पनि डिस्चार्ज भएकी छन् । चौधरी साढे ५ घन्टाको उपचार पछि डिस्चार्ज भएकी छन् । मंगलबार बिहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि उनी बेहोस भएकी थिइन् । Continue reading “नेकपाकी सचेतक शान्ता चौधरी जब मञ्चमै ढलिन्”

रारा राष्ट्रिय नाटक महोत्सवमा हिट्‍वा मञ्चन

थारु समुदायको प्रचलित लोककथामा आधारित नाटक हिट्‍वा रारा राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल प्रहरीको ब्यामहलमा नाटक मञ्चन गरिएको हो। रारा राष्ट्रिय नाटक महोत्सवमा सातै प्रदेशबाट १३ वटा नाटक सहभागी छ। जसमध्ये हिट्‍वा थारु भाषातर्फ एकमात्र नाटक छनौट भएको थियो। हिट्‍वा ५ नम्बर प्रदेशबाट छनौट भएको थियो। Continue reading “रारा राष्ट्रिय नाटक महोत्सवमा हिट्‍वा मञ्चन”

अदालतको फैसलाले दाग लागेको महसुस गरेका छौं : थाकस सभापति

२०७२ ताका तराई आन्दोलनको रापले जलिरहेको थियो । कैलाली कञ्चनपुरसहितको भूगोललाई पहाडमा मिसाउने वा तराईमै मिसाउने आन्दोलन दन्केको थियो । कैलालीमा तराई भूगोलको थरुहट बनाउनुपर्ने मागसहितको आन्दोलनलाई थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले नेतृत्व गरेको थियो । भदौ ७ गते एक नाबलकसहित ८ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घट्यो । घटनाको अभियोगमा थाकस कैलाली सभापति लाहुराम चौधरीसहित २७ जना गिरफ्तारीमा परे । ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र डाँका चोरी मुद्दा चलाइयो ।
२०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले थाकस सभापति चौधरीसहित १२ जनालाई जनही ३-३ वर्ष कैदपछि थुनामुक्त ग¥यो । ११ जनालाई जन्म कैद र ३ जनालाई सफाई दियो । कैदमुक्तपछि उनै ६४ वर्षीया थाकस सभापति चौधरीसँग लखन चौधरीले गरेको कुराकानी । Continue reading “अदालतको फैसलाले दाग लागेको महसुस गरेका छौं : थाकस सभापति”

संसदमा राजपा आक्रामक, लाल प्रतिवेदन सार्वजनिक गर्न माग

महेन्द्र राय यादव।
सरकार निर्माणको प्रक्रियामा राजपाले सरकारलाई समर्थन जनाएको थियो । शान्ति, स्थिरता, सुशासनको विषयमा मधेस, आदिवासी जनजाति, थारु, मुुस्लिमले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धताअनुसार यो सरकारलाई समर्थन जनाएका थियौं । Continue reading “संसदमा राजपा आक्रामक, लाल प्रतिवेदन सार्वजनिक गर्न माग”

केपी ओलीलाई सत्ताबाट उखेलेर फालिदिने लक्ष्मण थारुको चेतावनी

थरुहट नेता लक्ष्मण थारुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट फालेर मसानघाटमा पुर्‍याइदिने चेतावदी दिएका छन्। केन्द्रीय कारागारबाट रिहाई भएर गृहजिल्ला कैलाली पुगेका थारुले थारु शक्तिलाई कमजोर ठाने सत्ता र सिंहदरवारबाट फालेर मसानघाटमा पुर्‍याइदिने चेतावनी दिएका हुन्। Continue reading “केपी ओलीलाई सत्ताबाट उखेलेर फालिदिने लक्ष्मण थारुको चेतावनी”