तयारी अवस्थामा रहनुस्, आन्दोलनको विकल्प छैन : लक्ष्मण थारु [भिडियो]

टीकापुर घटनामा ४२ महिना जेल जीवन बिताएर कैलाली जिल्ला अदालतको फैसलापछि रिहाई भएका थरुहट  नेता लक्ष्मण थारुले थारुहरु हिंसात्मक गतिविधि गर्ने जत्था नभएको बताएका छन्। उनले थारुहरु त यो देशको सबैभन्दा असली राष्ट्रवादी भएको बताए। ‘थारुहरु आतंककारी होइनन्। थारुहरु हिंसात्मक गतिविधि गर्ने जत्था पनि होइनन्। थारुहरु त यो देशको सबैभन्दा ठूलो राष्ट्रवादी समुदाय हो। जसले आफ्नो श्रमबाट यो देशलाई आर्थिक उन्नतिमा साथ दिएको छ,’ थारुवानसँग कुरा गर्दै उनले भने। Continue reading “तयारी अवस्थामा रहनुस्, आन्दोलनको विकल्प छैन : लक्ष्मण थारु [भिडियो]”

कैलालीका थारु भन्छन्- ‘आदेश दिनुस्, आन्दोलनमा उत्रिन तयार छौं’

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएपछि कैलालीका स्थानीय थारुहरु आक्रोशित बनेका छन्। राज्यले सरकारमाथि ठूलो दमन गरेको आरोप लगाउँदै उनीहरु आक्रोशित बनेका हुन्। Continue reading “कैलालीका थारु भन्छन्- ‘आदेश दिनुस्, आन्दोलनमा उत्रिन तयार छौं’”

दाङका थारु अगुवाले भने- ‘टीकापुर घटनालाई राजनीतिक रुपबाट समाधान गरियोस्’

प्रकाश चौधरी/घोराही।
थारु आन्दोलन र मुद्दालाई राजनीतिक रुपबाट समाधान हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। थारु कल्याणकारिणी सभा दाङले ‘कैलाली टीकापुर आन्दोलनका राजबन्दी, अदालतको फैसला तथा समसामयिक विषय’मा शनिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन्। Continue reading “दाङका थारु अगुवाले भने- ‘टीकापुर घटनालाई राजनीतिक रुपबाट समाधान गरियोस्’”

रेशम चौधरीसहित ११ जनाको रिहाई माग गर्दै काठमाडौंमा धर्ना

थारु कल्याणकारिणी सभा तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध एवं धर्ना कार्यक्रम गरेको छ । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत ११ जनालाई कैलाली अदालतबाट जन्मकैदको फैसला सुनाइएपछि त्यसको विरुद्धमा शान्तिपूर्ण विरोध एवम धर्ना कार्यक्रम गरिएको हो ।  Continue reading “रेशम चौधरीसहित ११ जनाको रिहाई माग गर्दै काठमाडौंमा धर्ना”

बाबुरामले भने- ‘थारू आन्दोलनकारीमात्र दण्डित हुनु विडम्वनापूर्ण’

टीकापुर घटनाको फैसलालाई लिएर नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले ट्विटरमा जिल्ला अदालत कैलालीको फैसलाबारे असन्तुष्टि व्यक्त गरेका हुन्। Continue reading “बाबुरामले भने- ‘थारू आन्दोलनकारीमात्र दण्डित हुनु विडम्वनापूर्ण’”

जन्मकैदको फैसलापछि जेलमा भक्कानिए रेशम चौधरी

गएको पुस १९ गते सपथ ग्रहण गर्न संसद सचिवालय सिंहदरवार पुगेका रेशम चौधरी ढाकाको दौरा सुरुवालमा सजिएका थिए। कालो चस्मासहित सजिसजाउ बनेर सिंहदरबारभित्र पसेका उनको स्वागतमा माला लगाउनेहरुको पनि लर्को थियो। रेशमको शाही ठाँटको सपथ ग्रहण देख्दा लाग्थ्यो – यी अब छिट्टै छुट्दैछन्। सायद, रेशम चौधरी पनि त्यही सोचमा थिए। नत्र ‘रेशम चौधरी भिख माग्दैन, न्यायालयसँग न्याय खोजेको हुँ’ भन्ने थिएनन् सायद। Continue reading “जन्मकैदको फैसलापछि जेलमा भक्कानिए रेशम चौधरी”

थाकसद्वारा आन्दोलनको कार्यक्रम घोषणा, भोलि काठमाडौंसहित थरुहट जिल्लामा शान्तिपूर्ण धर्ना

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी थाकसले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । थाकसले पहिलो चरणअन्तरगत शान्तिपूर्ण विरोधको कार्यक्रम घोषणा गरेको छ । Continue reading “थाकसद्वारा आन्दोलनको कार्यक्रम घोषणा, भोलि काठमाडौंसहित थरुहट जिल्लामा शान्तिपूर्ण धर्ना”

न्यायालयले रेशम चौधरीलाई न्याय गरेन : हृदयेश त्रिपाठी

प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले न्यायालयले रेशम चौधरीलाई न्याय नगरेको बताएका छन्। टीकापूर काण्डमा दोषी देखिएका राजपा सांसद् रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको प्रति टिप्पणी गर्दै सांसद् त्रिपाठीले प्रतिनिधि सभाको बैठकमा यस्तो कुरा बताएका हुन्। Continue reading “न्यायालयले रेशम चौधरीलाई न्याय गरेन : हृदयेश त्रिपाठी”

टीकापुरमा बृहत भेला गर्न आह्वान, संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै

थारु अभियन्ता सुरेन्द्र चौधरीले थारु कल्याणकारिणी सभा र थरुहट थारुवान संयुक्त संघर्ष समितिको बैठक टीकापुरमा बोलाउन माग गरेका छन्। टीकापुर घटनामा कैलाली जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको भन्दै उनले थारु सम्बद्ध सम्पूर्ण संघसंस्थाले टीकापुर बृहत् भेला गरी आन्दोलन घोषणा गर्नुपर्ने बताए। Continue reading “टीकापुरमा बृहत भेला गर्न आह्वान, संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै”

सांसद रेशम चौधरीको निलम्बन निरन्तर

कैलाली जिल्ला अदालतले दोषी ठहर्‍याएका रेशम चौधरीको सांसद पद निलम्बित अवस्थामै रहने भएको छ । संविधानको धारा ९० को व्यवस्थाअनुसार निलम्बन निरन्तर रहने भएको हो । यसअघि पुर्पक्षका लागि थुनामा रहेकै बेला शपथ लिए पनि उनको पद निलम्बनकै अवस्थामा थियो ।

धारा ८७ र ८९ को व्यवस्थाअनुसार उनको पद जान सक्छ तर धारा ९० मा उक्त दुई धाराअनुसार पद रिक्तताको विषयमा प्रश्न उठे सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तिम निर्णय गर्ने उल्लेख छ ।

धारा ८७ मा सदस्यको योग्यतासम्बन्धी प्रावधान छ । जसमा नैतिक पतन देखिने, फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति मात्र सांसद हुन सक्ने उल्लेख छ । यसअनुसार जन्मकैदको सजाय पाएका चौधरी सांसद हुन अयोग्य हुन्छन् । धारा ८९ मा स्थान रिक्तताको प्रावधान छ । जसमा धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा पद रिक्त हुने उल्लेख छ ।

यो व्यवस्थाअनुसार उनको पद रिक्त हुन सक्छ । धारा ९० मा भने उनको पदको विषयमा प्रश्न उठे संवैधानिक इजलासले टुंग्याउने प्रावधान छ । धारा ९० मा ‘संघीय संसदको कुनै सदस्य धारा ८७ बमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्ने’ प्रावधान छ । यही प्रावधानका कारण चौधरीको पद निलम्बित माक्र हुन्छ ।

अधिवत्ता टीकाराम भट्टराईका अनुसार प्रतिनिधिसभा नियमावलीमा समेत यससम्बन्धी प्रावधान रहेकाले अब उनको पद निलम्बित अवस्थामा मात्र रहन्छ । ‘संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार चौधरीको पद निलम्बित अवस्थामा रहन्छ,’ उनले भने, ‘अन्तिम अदालतबाट दोषी ठहर भएमा मात्र पद गुम्न सक्छ ।’

प्रतिनिधिसभा नियमावलीको नियम २१२ मा स्थान रिक्तताको सूचनासम्बन्धी प्रावधान छ । त्यसमा संविधानको धारा ८९ अनुसार कुनै सदस्यको स्थान रिक्त भए सभामुखले त्यो कुरा बैठकलाई जानकारी गराउनुपर्ने प्रावधान छ । त्यस्तै प्रतिनिधिसभा नियमावलीको नियम २४४ मा पनि अन्तिम अदालतको फैसला नआउँदासम्म निलम्बित अवस्थामा रहने प्रावधान छ ।