२०७२ भदौ ७ गते एक नाबालकसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर प्रकरणमा जिल्ला अदालत कैलालीले बुधवार अन्तिम फैसला सुनाएको छ। आदेशानुसार मुख्य योजनाकार भनिएका बहालवाला सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाइएको छ। Continue reading “अदालतले भन्यो ‘टीकापुर घटना हत्यामात्र नभई नरसंहार थियो’ (पूर्णपाठ पढ्नुस्)”
Author: admin
सेन्ट्रल जेलबाट रिहा भए लक्ष्मण थारु
कैलाली जिल्ला अदालतको फैसलापछि थरुहट नेता लक्ष्मण थारु रिहा भएका छन्। उनी सेन्ट्रल जेल बागदरबाट रिहा भएका हुन्। उनलाई पत्नी पार्वती चौधरीले स्वागत गरेका थिए। Continue reading “सेन्ट्रल जेलबाट रिहा भए लक्ष्मण थारु”
सांसद रेशमको जन्मकैद फैसलापछि राजपद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेकाे केन्द्रीय समितिकाे बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे महासचिव केशव झाले बताए। संसदमा राजपा नेपालका १७ जना सांसद छन्। Continue reading “सांसद रेशमको जन्मकैद फैसलापछि राजपद्वारा सरकारलाई दिएको समर्थन फिर्ता”
सामाजिक सद्भाव कायम गर्न रेशमसहित बाँकी ११ जनालाई पनि थुनामुक्त गर्न माग
थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी सभा कैलाली र कञ्चनपुरले जन्मकैद सुनाइएका ११ जना निर्दोष रहेको बताएको छ। सामाजिक सद्भाव कायम गर्न सांसद रेशम चौधरीसहित ११ जनालाई पनि थुनामुक्त गर्न माग गरिएको छ। ‘माननीय रेशम चौधरी लगायत ११ जना निर्दोष भएकोले निजहरुलाई थुना मुक्त गर्ने तिर राज्यको ध्यान जान जरुरी छ । सामाजिक सदभावका कायम गर्ने हो भने निजहरुको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा लिई निशर्त थुना मुक्त गर्ने वातावरण सिर्जना गर्न हुन राज्य सँग अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ। Continue reading “सामाजिक सद्भाव कायम गर्न रेशमसहित बाँकी ११ जनालाई पनि थुनामुक्त गर्न माग”
टीकापुर घटनाका जेलबन्दीहरु धनगढी कारागारबाट रिहा [फोटो फिचर]
टीकापुर घटनाबारे जिल्ला अदालत कैलालीको फैसलापछि धनगढीस्थित कारागारमा रहेकाहरु रिहा भएका छन्। रिहा हुनेमा लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरी छन्। उनीहरुलाई थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी सभा कैलालीले स्वागत गरेका छन्। Continue reading “टीकापुर घटनाका जेलबन्दीहरु धनगढी कारागारबाट रिहा [फोटो फिचर]”
‘सांसद चौधरीलाई जन्मकैदको फैसला गर्ने अदालतले प्रचण्ड, ओलीलाई किन जन्मकैदको सजाय नदिएको’
राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन्। Continue reading “‘सांसद चौधरीलाई जन्मकैदको फैसला गर्ने अदालतले प्रचण्ड, ओलीलाई किन जन्मकैदको सजाय नदिएको’”
टीकापुर घटनाको फैसला ‘दुर्भाग्यपूर्ण’ : सुरेन्द्र चौधरी
थारु अभियन्ता सुरेन्द्र चौधरीले टीकापुर घटनाबारे कैलाली जिल्ला अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले सरकारले लुकाएका विभिन्न प्रतिवेदनमा सम्पूर्ण थारुहरु निर्दोष रहेको बताउँदै ती प्रतिवेदनहरु सार्वजनिक गर्न मागसमेत गरेका छन्। Continue reading “टीकापुर घटनाको फैसला ‘दुर्भाग्यपूर्ण’ : सुरेन्द्र चौधरी”
सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद, १५ जना रिहा हुँदै (सूची)
जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए । Continue reading “सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद, १५ जना रिहा हुँदै (सूची)”
दस जना थारु विद्यार्थीलाई अमेरिकीबासी थारु संस्थाकाे छात्रवृत्ति
अमेरिकास्थित थारुहरुकाे संस्था थारु एन्ड फ्रेन्डस् एसोसिएसनले २०१८-२०१९ का लागि १० जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । जसमध्ये ८ जनालाई सामान्य छात्रवृत्तिअन्तर्गत जनही २५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिनेछ भने दुई जनालाई बसन्तीदेवी चौधरी छात्रवृत्ति र सरोज चौधरी छात्रवृत्ति प्रदान गरिनेछ । यी दुबै छात्रवृत्तिको रकम भने ३० हजारको हुनेछ । बसन्तीदेवी चौधरी छात्रवृत्ति डा. गणेश चौधरीले स्थापना गरेका हुन् भने सरोज चौधरी छात्रवृत्ति त्रिब चौधरीले स्थापना गरेका हुन् । Continue reading “दस जना थारु विद्यार्थीलाई अमेरिकीबासी थारु संस्थाकाे छात्रवृत्ति”
टीकापुर घटनाका आराेपीहरुलाई फागुन १५ गते अदालतमा उपस्थित हुन भनियो
काठमाडौं।
कैलाली जिल्ला अदालतले टीकापुर घटनामा पक्राउ परेका राजपा सांसद रेशम चौधरी, राजपा नेता लक्ष्मण थारुसहित ५८ जनालाई अदालतमा उपस्थित हुन पत्र काटेको छ । अदालतले फागुन १५ गते पेसी तोक्दै टीकापुर घटनामा अभियुक्त बनाइ विभिन्न करागारमा राखिएका आरोपीहरुलाई उपस्थित हुन पत्र काटेको हो । Continue reading “टीकापुर घटनाका आराेपीहरुलाई फागुन १५ गते अदालतमा उपस्थित हुन भनियो”