कृष्णराज सर्वहारी
माघी आँगनमै आइसक्यो। मादलको ताल गुञ्जिन थालिसकेको छ। तर एक थारू गाउँका बरघर (अगुवा) एकदमै तनावमा छन्। उनको भोक, निद्रा हराएको छ। किनकि माघीमा खानको लागि पालिएको उनको सुँगुर हराएको छ। अघन (मंसिर) नलाग्दै उनले किनेका थिए सुँगुर। पुसभरि धेरै खान्की पाए त सुँगुर क्विन्टलभन्दा पनि बढी हुने थियो भन्ने उनको अनुमान थियो। त्यसो त बरघर आफैं पनि सुँगुर पाल्ने मान्छे हुन्। तर खै यसपालि कस्तो रोग आएको थियो, खोरका सबै सुँगुर रित्तिने गरी भटाभट मरेका थिए। त्यसैले, माघीको लागि किन्नु परेको थियो उनलाई सुँगुर। Continue reading “कथा: बरघरको हराएको निद्रा”
Author: admin
थारु भाषाको पहिलो बालगीत सार्वजनिक [भिडियो]
थारु भाषाको बालअधिकार सम्बन्धी गीत सार्वजनिक भएको छ । थारु फिल्मस् प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको यो थारु समुदायकै पहिलो बालअधिकार सम्बन्धी गीत भएको दाबी गरिएको छ । Continue reading “थारु भाषाको पहिलो बालगीत सार्वजनिक [भिडियो]”
पाँच जना थारु व्यक्तित्वहरुको नाममा सडकको नाम राख्ने कैलारी गाउँपालिकाको निर्णय
कैलारी गाउँपालिकाले पाँच जना थारु व्यक्तित्वहरुको नाममा सडकको नाम राख्ने निर्णय गरेको छ । गत माघ १६ गते आयोजित गाउँसभा भेलामा कैलारी गाउँपालिकाका पाँच जना थारु व्यक्तित्वहरुको नामम सडकको नाम राख्ने प्रस्ताव पेस भएको थियो । Continue reading “पाँच जना थारु व्यक्तित्वहरुको नाममा सडकको नाम राख्ने कैलारी गाउँपालिकाको निर्णय”
पहिले दासता, अहिले आत्मनिर्भर
सन्तोली चौधरीको बाल्यकाल र बैंस कम्लरीका रूपमा बित्यो । गढवा, घोडाहाका जमिनदारको घरमा काम गर्थिन् । विवाहपछि पनि मुक्ति मिलेन । श्रीमान्सँग त्यहीँ गाउँमा कम्लरी बसिन् । सरकारले ०५७ सालमा कमैया मुक्ति घोषणा गर्यो । त्यसपछि जमिनदारको घर छोडिन् । लामो समय खानबस्न समस्या पर्यो । अहिले जग्गाधनी भएकी छन् । Continue reading “पहिले दासता, अहिले आत्मनिर्भर”
नवमी थारुको गुनासो- ‘हामी जस्ताले कहाँबाट न्याय पाउने हो ?’
बुटवल- विवादित जग्गामा बनेको घर बुटवल उपमहानगरपालिका र प्रहरीको सहयोगमा भत्काइएको छ । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा नै बुटवल उपमहानगरपालिका वडा नं. १७ रानीगन्जस्थित नवमी थारुको ब्लक र टिनले बनेको घर डोजर लगाएर भत्काइएको हो । Continue reading “नवमी थारुको गुनासो- ‘हामी जस्ताले कहाँबाट न्याय पाउने हो ?’”
कतारमा भब्य माघी कार्यक्रम, अरविन्द चौधरी बने थाकस कतारको अध्यक्ष
दोहा, कतार।
थारु कल्याणकारिणी सभा कतार च्याप्टरको पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। गत जनवरी २५ मा अल समाल पार्कमा आयोजित माघी महोत्सव तथा पाँचौं अधिवेशनले अरविन्द कुमार चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। Continue reading “कतारमा भब्य माघी कार्यक्रम, अरविन्द चौधरी बने थाकस कतारको अध्यक्ष”
मुक्तकमैया समस्या समाधान यसै वर्ष
कृष्णराज सर्वहारी/काठमाडौं।
तराईको थारु गाउँमा अहिले गाउँका अगुवा बरघर चुन्ने माचो छ । यता काठमाडौंमा बुधबार सोही समुदायका मुक्त कमैया, कमलरीका केही प्रतिनिधि काठमाडौंमा आएर आफ्नो पुर्नस्थापना नभएको रटान लगाइ रहेका थिए । ‘सेवाप्रदायक र अधिकारवालाहरुबीच मुक्तकमैया तथा कमलहरीहरूको समस्या समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा उक्त आवाज उठेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि सांसद तथा नेकपाकी सचेतक शान्ता चौधरीले कमैया मुक्तिको १८ वर्षमा सरकारले केही काम गरेन भनेर निराशा नपाल्न अनुरोध गरिन् । उनले भनिन्, ‘म आफै १८ वर्ष कम्लहरी बसेको व्यक्ति हुँ । मेरा श्रीमानले अझै कमैया परिचय पत्र पाएका छैनन् । छुट मुक्त कमैयाहरुले सरकारले ल्याएको पुनस्र्थापनाको स्किममा सहभागिता जनाएर यसलाई साथ दिनुपर्छ ।’
उता यसै आर्थिक वर्ष २०७५र७६ भित्रै कमैयाहरूको पुनस्थार्पना भैसक्ने जानकारी भूिमसुधार तथा व्यवस्था मन्त्रालयका उपसिचव गोपाल गिरीले दिए । उनले भने, ‘संघसंस्थाहरुले आफूखुशी तथ्यांक संकलन गरेर कमैयाहरूको पुनस्थार्पना नभएको जिकिर गरिरहेका छन् ।
वास्तविक मुक्तकमैयाहरूको परिवारको संख्या जम्मा २७ हजार ५ सय ७० हो । यही तथ्यांकका आधारमा सरकारले बजेट विनियोजन गरेको छ ।’ उनले छुट कमैयाहरूले नियमपूवर्क आआफ्नो दावी पेस नगरे अर्को वर्षबाट पुनस्थार्पना गर्न नसकिने जानकारी पनि दिए । उपसचिव गिरी भन्छन्, ‘यो वर्ष पुनसर््थापनको लागि जति पनि रकम छ । मुक्त कमैयाहरुले त्यसको लाभ उठाउन सक्नुपर्छ ।’ संघसंस्थाले १३ हजार दावी गरे पनि मुक्त कम्लहरी ९ हजार ४१६ रहेकोमा तिनलाई क्रमश परिचयपत्र वितरण गर्ने क्रमजारी रहेको पनि उनले जानकारी दिए ।
कायर्क्रममा मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले कमैयाहरु हाल जहाँ बसेका छन्, त्यही बसोबास गराइदिए ९८ प्रतिशत समसस्या समाधान हुने बताए । राष्ट्रिय गोष्ठीमा सहयोग समाज नेपालको नेतृत्व र इयुको आर्थिक सहयोगमा सञ्चालित सहकार्य परियोजनाका कायर्क्रम संयोजक श्रीराम चौधरीले आयोजनाको प्रगति विवरण प्रस्तुत गदै भने, ‘मुक्तकमैयाहरूको जीविकोपाजर्नका लागि सीपमूलक तालिमसहित बीउ पुजि उपलब्ध गराउन सकेमात्रै उनीहरूको समस्या प्रभावकारी रूपमा समाधान हुने देखिन्छ ।
सहयोग समाज नेपाल, दाङका अध्यक्ष खोपीराम चौधरीले सहकार्य परियोजनाले धेरै मुक्त कमैयाहरुको आर्थिक स्तर उकासिएको बताए । कायर्क्रम बाधा श्रमिकका क्षेत्रमा क्रियाशील कानुन व्यावसायी बालाराम भट्टराईले सहजीकरण गरेका थिए । कायर्क्रममा दाङ, बर्दिया र कैलालीबाट सरोकारवाला प्रतिनिधहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले मूक्त कमैयाहरूले सीपअनुसार अर्थोपार्जन गरे पनि योजना बनाउन नसक्दा, त्यसको उचित प्रयोग गर्न नसक्दा पुनस्थार्पना प्रभावकारी हुन नसकेको धारणा राखेका थिए । इयुका वरिष्ठ कायर्क्रम प्रवन्धक शिवदत्त भण्डारी, स्थानीय सरोकारवाला यज्ञराज चौधरी, हरिशचन्द्र चौधरी, कमलापति चौधरी, सुन्तली चौधरी लगायतले आआफ्नो धारणा राखेका थिए ।
थारुहरुमाथि अनावश्यक विभेद् किन ?
विनय बैद्य।
हाम्रो मुलुक विविधताले भरिपूर्ण छ। भौगोलिक विविधता, पर्यावरणीय विविधता, साँस्कृतिक विविधता नै नेपालका सुन्दर गहनाहरु हुन्। यी विविधताले भरिपूर्ण हुनु नै नेपाल र नेपालीहरुको पहिचान र गौरव हो। नेपालको संविधान २०७२ लेसमेत सम्पूर्ण विविधताहरुलाई समावेश र स्थापित गरेको छ। जातीय र भाषिक विविधताहरुले राष्ट्रको विकास र उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। Continue reading “थारुहरुमाथि अनावश्यक विभेद् किन ?”
नेपालको ऐतिहासिक जीत, यूएईलाई हराउँदै जित्यो एकदिवसीय सिरिज
कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको छ। घरेलु टिम युएईलाई तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्दै नेपाली क्रिकेट टिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सिरिज जित हात पारेको छ। Continue reading “नेपालको ऐतिहासिक जीत, यूएईलाई हराउँदै जित्यो एकदिवसीय सिरिज”
दुबईमा बर्बाद भएको प्रेमा थारुको सपना
वैदेशिक रोजगार कसैको लागि चाहना हुन सक्छ । तर अधिकांश नेपालीहरु बाध्यताले वैदेशिक रोजगारीमा होम्मिएका छन् । त्यस्तै बाध्यताले बर्दियाकी प्रेमा थारुलाई पनि वैदेशिक रोजगारीको बाटोले डोर्यायो । Continue reading “दुबईमा बर्बाद भएको प्रेमा थारुको सपना”