नाटक करोट दाङको घोराही र तुल्सीपुरमा मञ्चन हुने

काठमाडौंको सर्वनाम थिएटरमा सफल मञ्चनपछि नाटक ‘करोट’ले मोफसलमा आफ्नो यात्रा तय गरेको छ। करोटले दाङको घोराही र तुलसीपुरमा यही माघ १६ गतेदेखि आफ्नो मोफसल यात्रा सुरु गर्दैछ। Continue reading “नाटक करोट दाङको घोराही र तुल्सीपुरमा मञ्चन हुने”

प्रहरी इन्काउन्टरमा मारिए सप्तरीका दीपेन्द्र चौधरी

रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए। Continue reading “प्रहरी इन्काउन्टरमा मारिए सप्तरीका दीपेन्द्र चौधरी”

खिचरा महोत्सवको समापन, थारु संग्राहलय बनाउन प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री

चितवन- प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आयात प्रतिस्थापन अन्त्य नगरेसम्म देशलाई समृद्ध बनाउन सक्ने बताएका छन् । Continue reading “खिचरा महोत्सवको समापन, थारु संग्राहलय बनाउन प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री”

थारु आयोगमा बर्दियाका बिष्णुप्रसाद चौधरी सिफारिस

संवैधानिक परिषदको बैठकले थारु आयोगसहित पाँच वटा आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको छ। बैठकले थारु आयोगमा बर्दियाका बिष्णुप्रसाद चौधरीलाई सिफारिस गरेको छ। त्यस्तै समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्यारीलाई सिफारिस गरेको छ। Continue reading “थारु आयोगमा बर्दियाका बिष्णुप्रसाद चौधरी सिफारिस”

खिचरा महोत्सवमा कृषकहरु पुरस्कृत

कारी महतो/चितवन।
सामुहिक रुपमा खेती गर्न अभियान चलाएमा “सुखी जीवन समृद्ध चितवन” बनाउन सकिने कुरा प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बताएका छन् । आज छैठौ खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीको पुरस्कार वितरण कार्यक्रममा मन्त्री लामाले उक्त कुरा बताएका हुन् । Continue reading “खिचरा महोत्सवमा कृषकहरु पुरस्कृत”

खिचरा महोत्सवमा जलेश्वर चौधरीलाई सहयोग संकलन

कारी महतो/चितवन।
साउदीमा ब्लडमनिको अभावमा अलपत्र परेका खैरहनी नगरपालिका वडा नं. १०, गोठौलीका जलेश्वर चौधरीलाई सकुशल स्वदेश फिर्ता ल्याउनका लागि छैठौ खिचरा महोत्सवमा जलेश्वर बचाऊ अभियान, सहयोग संकलन कार्यक्रम सञ्चालन गरिएको छ । Continue reading “खिचरा महोत्सवमा जलेश्वर चौधरीलाई सहयोग संकलन”

चितवनमा बिपिनले भेटे साँच्चिकैका ‘गोपी’

शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले चितवनको ठूलो गड्डीस्थित गोपी ढकालको ढकाल गाई फर्म पनि भिजिट गर्दै उनको व्यवसायका बारेमा भलाकुसारी गरेका थिए । Continue reading “चितवनमा बिपिनले भेटे साँच्चिकैका ‘गोपी’”

श्रीमतीको हत्या गरी प्रेमलाल चौधरीले गरे आत्महत्या

कैलालीमा एक युवकले श्रीमतीकाे हत्या गरी आफूले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–७ का ३५ वर्षीय प्रेमलाल चौधरीले आफ्नी श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरेका हुन । आइतबार बिहान साढे ६ बजेतिर श्रीमतीको हत्यापछि उनले झुण्डिएर आत्महत्या गरेका हुन्। Continue reading “श्रीमतीको हत्या गरी प्रेमलाल चौधरीले गरे आत्महत्या”

खिचरा महोत्सव : स्वुप्न सुमनले फ्यानहरुलाई रुवाए

कारी महतो/चितवन।
खैरहनी नगरपालिकाको गौचरनमा जारी खिचरा महोत्सवमा युवाहरुमाझ निकै चर्चित गायक स्वुप्न सुमनले आफ्ना फ्यानहरुलाई रुवाएका छन् । उनले गीत गाउँदा उनका फ्यानहरुले आँखामा आँसु लिएर रुन्चे हाँसो सहित उनलाई साथ दिएका थिए । उनले एक दर्जन भन्दा बढी गीत गाएका थिए । Continue reading “खिचरा महोत्सव : स्वुप्न सुमनले फ्यानहरुलाई रुवाए”

खिचरा महोत्सव : भेट्रान दौडमा हरिप्रसाद शर्मा प्रथम

कारी महतो/चितवन।
खैरहनी नगरपालिकामा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले खिचरा महोत्सवमा आयोजना गरेको भेट्रान दौडमा खैरहनी ५ का ४३ वर्षीय हरिप्रसाद शर्मा प्रथम भएका छन् । उनले निर्धारित तीन किलोमिटरको दौड १५ मिनेटमा पुरा गरेर प्रथम भएका हुन् । Continue reading “खिचरा महोत्सव : भेट्रान दौडमा हरिप्रसाद शर्मा प्रथम”