खिचरा महोत्सवमा जब दिपक बज्राचार्यले भने ‘ओ अमिरा’

खैरहनीमा भैरहेको छैठौं खिचरा महोत्सवमा आज दिपक बज्राचार्यको रिदम ब्याण्डको संगीतले धुम मच्चाए । उनलाई हेर्न आएका दर्शकहरुले स्टेज अगाडि नाच्दा महोत्सव स्थल नै धुलाम्मे भएको थियो । उनले मन मगन, ओ अमिरा, काली काली, मायाको डोरीले लगायत एक दर्जन गीतहरु गीत गाएर दर्शक नचाएका थिए । Continue reading “खिचरा महोत्सवमा जब दिपक बज्राचार्यले भने ‘ओ अमिरा’”

माननीयको ढिक्री मोह

ठाकुरसिंह थारू।
पाहुनाको स्वागतका लागि ढिक्री बन्दै थियो । माननीयहरूको एक टोली आइपुग्यो । उनीहरूले चामलको पिठोले विभिन्न आकारमा ढिक्री बनाउँदै गरेको नियाले र आफैं पनि ढिक्री बनाउन जुटे । थारू महिलाले ढिक्री बनाउने काइदा सिकाए ।

संघीय सांसदहरू तुलसा थापा, माया ज्ञवाली, बिना श्रेष्ठ, इन्दु शर्मा, बिना बुढाथोकी र विष्णु शर्मालगायत थारू महिलासँगै ढिक्री बनाउँदै रमाए । आफूले बनाउँदै गरेको ढिक्रीसँग फोटो खिचाए । केहीबेरमै ढिक्री तयार भयो ।

माघीको अवसरमा स्थानीयले त्यही ढिक्री, माछा र अचारले माननीयहरूको स्वागत गरे । ‘आफ्नो मौलिक परिकारले हामीलाई स्वागत गर्नुभएकामा धन्यवाद । थारू समुदायको संस्कृति उनीहरूको जनजीवनसँग जोडिएको पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासका लागि सरकारसँग आवाज उठाउँछौं,’ माननीयको टोलीसहित मंगलबार पर्यटकीय क्षेत्र बढैयाताल गाउँपालिका–५ बढैयागाउँ आइपुगेकी संघीय सांसद तुलसा थापाले भनिन्, ‘यो ठाउँको विकासका लागि हामी विभिन्न समितिमा रहेका सांसदहरूका तर्फबाट प्रतिबद्धता जनाउँछु ।’

बर्दियाको पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि अध्ययन/अवलोकन गर्न काठमाडौंबाट १९ माननीय आएका हुन् । यसअघि उनीहरूले बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारा, डल्ला होमस्टे, बार बर्दियाको सतखुलवा होमस्टे, बाँसगढी नगरपालिकामा निर्माणाधीन केदारेश्वरनाथ धामको अध्ययन/अवलोकन गरेका थिए । ठाकुरद्वाराको अध्ययन/अवलोकलन टोलीमा भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठको पनि सहभागिता थियो ।

अध्ययन/अवलोकनका लागि आएका माननीयलाई थारू समुदायका परिकार र संस्कृतिले स्वागत गरिएको थियो । डल्ला होमस्टेमा थारू संस्कृति झल्किने नाच हेरे । ‘३ दिनको अध्ययन/अवलोकनपछि थारू समुदायको संस्कृतिबारे बुझ्ने अवसर मिलेको छ । निकै लोकप्रिय परिकार ढिक्री बनाउन सिकियो,’ माननीयहरूका तर्फबाट बोल्दै थापाले भनिन्, ‘बर्दियाका थारू समुदाय वास्तवमै संस्कृतिका खानी रहेछन् । त्यससँगै प्राकृतिक रूपमा पनि उत्तिकै धनी रहेछन् । यसको प्रचारप्रसार हुन नसकेका कारण पछाडि परेको हो ।’

सांसदहरूले बर्दियाको सम्भावित पर्यटकीय क्षेत्र र थारू समुदायको संस्कृतिबारे पहिलोपल्ट साक्षात्कार गर्ने अवसर पाएको जनाए । बढैया पुगेका सबै सघीय सांसदले ढिक्रीको बयान गरे । अग्र्यानिक परिकार खान पाएकामा उनीहरूले खुसी जनाए । ‘सांस्कृतिक रूपले तपाँईहरूले गर्नुभएको सत्कारका लागि धन्यवाद । मौलिक संस्कृति जोगाउनुहोला,’ सांसद बिना बुढाथोकीले सुझाइन् ।

यस क्षेत्रकै ठूलो मानिने प्राकृतिक बढैयाताललाई पर्यटकीय क्षेत्र बनाउन स्थानीयले सुझाव दिए । उनीहरूले पर्यटकीय क्षेत्रको विकाससँगै थारू संस्कृतिको विकास सम्भव हुने बताए । ‘बढैयाताल एक सय बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । यसको विकास हुन सक्यो भने थारू परिकारको बजारीकरण सम्भव छ,’ बढैयाताल संरक्षण समितिका अध्यक्ष प्रमोद चौधरीले भने, ‘माननीयहरूले सरकारसमक्ष यो कुरा पुर्‍याइदिनु पर्‍यो ।’

बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले सांसदको अध्ययन टोलीले बर्दियाको पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बर्दियाका सबै पर्यटकीय क्षेत्रबारे सांसदहरूलाई जानकारी दिएको बताए ।

कान्तिपुर दैनिकबाट

अष्ट्रेलियाको सिड्नीमा भब्य थारु माघी कार्यक्रम [फोटो फिचर]

थारु माघी पर्वको अवसरमा अष्ट्रेलियाबासी थारुहरुले पहिलोपटक माघी कार्यक्रम आयोजना गरेका छन्। सिड्नीको टेम्पे पार्कमा दीप नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ सयभन्दा बढीको सहभागिता थियो। कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद पद्मनारायण चौधरी प्रमुख आतिथि थिए।  Continue reading “अष्ट्रेलियाको सिड्नीमा भब्य थारु माघी कार्यक्रम [फोटो फिचर]”

खिचरा महोत्सवमा श्रीनिवास र अ्न्नुले झुमाए दर्शक

पुस २८ गतेदेखि पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव अन्तरगत आज (विहीबार) पनि दर्शकहरु झुमेका छन् । आज चर्चित गायक श्रीनिवास चौधरी, गायिका अनु चौधरी, युवा पुस्तामाझका लोकप्रिय गायक अलमोडा राना उप्रेतीको प्रस्तुतीले उपस्थित दर्शकहरु झुमेका थिए । Continue reading “खिचरा महोत्सवमा श्रीनिवास र अ्न्नुले झुमाए दर्शक”

प्रहरीद्वारा थारु महिलामाथि कुटपिट, दुई महिलासहित ६ जना पक्राउ

जितपुर-सिमरा उपमहानगरपालिका १४ को रजघट्टामा प्रहरीले थारु महिलामाथि कुटपिट गरेका छन्। सहमति विपरीत आफ्नो बालीमा डोजर चलाएको भन्दै स्थानीयहरु किसानहरु न्याय माग्न वडा कार्यालय पुगेका थिए। न्याय नदिएसम्म उनीहरुले वडाअध्यक्षलाई पनि कार्यालयमै थुनेका थिए। Continue reading “प्रहरीद्वारा थारु महिलामाथि कुटपिट, दुई महिलासहित ६ जना पक्राउ”

वीरगञ्जका थारु समुदायले मनाए माघी, १६ विगाहा जग्गा दान गर्ने चौधरी सम्मानित

पर्साका थारु समुदायले माघी पर्वलाई अधिकार प्राप्तीको आन्दोलनको रुपमा मनाएका छन् । थारु समुदायका अगुवा नन्द किशोर पञ्जियारले थारु समुदायले वर्षौदेखि उठाउँदै आएका सवालहरुको सम्बोधन नभएकोले पर्वको अवसरमा भेला भएर दवाव दिइएको बताए । ‘सन १९९३ मा नै आईएलओ महासन्धी अनुमोदन भएको हो, तर त्यस अनुसार राज्यले कुनैपनि काम गरेको छैन । त्यसैले बहु उद्देश्य राखेर माघी पर्व मनाएका छौं’ उनले भने । Continue reading “वीरगञ्जका थारु समुदायले मनाए माघी, १६ विगाहा जग्गा दान गर्ने चौधरी सम्मानित”

खिचरा महोत्सवमा हाँस समाउने प्रतियोगिता बन्यो दर्शकको आकर्षण

पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव २०७५ मा आज (बुधबार)देखी आँखा छोपेर हाँस समाउने प्रतियोगिता सुरु भएको छ । Continue reading “खिचरा महोत्सवमा हाँस समाउने प्रतियोगिता बन्यो दर्शकको आकर्षण”

राजधानीबासी थारुले मनाए भब्य माघ महोत्सव, हेर्नुस् २८ तस्बिर

राजधानीबासी थारुहरुले यस वर्ष पनि माघ महोत्सव भब्यरुपमले मनायो। नेपाली सेनाले टुडिखेलको मैदान मगर समुदायलाई दिएपछि थारुहरु बाध्य भएर चुच्चेपाटीस्थित ह्यात होटलको चौरमा माघ महोत्सव मनाउनपरेको थियो। मैदान विवादकै कारण व्यवस्थापकीय तयारी राम्रो गर्न नसकेपनि महोत्सवमा सहभागीहरुको भीड भने निकै थियो। थारुवान डटकमका लागि रजनिकान्त जसराजले खिचेका २८ तस्बिर हेर्नुस्: Continue reading “राजधानीबासी थारुले मनाए भब्य माघ महोत्सव, हेर्नुस् २८ तस्बिर”

खिचरा महोत्सवमा सिडियो र एसपीले लिए थारु खानाको स्वाद

कारी महतो/चितवन।
चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेत र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठोरले पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव आज अवलोकन गरेका छन् । Continue reading “खिचरा महोत्सवमा सिडियो र एसपीले लिए थारु खानाको स्वाद”