‘रंग बिरङ रहर’को प्रिमियर दुबईबाट

भुरभुरा रहरको पहिलो गीत दुबईबाट प्रिमियर हुने भएको छ। रंग बिरङ रहर बोलको गीत जनवरी ११ (पुस २७)मा दुबईको रेनट्री रोल्ला होटलमा आयोजित कार्य्रक्रमबाट प्रिमियर गरिने निर्देशक मदन चौधरीले जानकारी दिए।

थारु कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी विशेष कार्यक्रमबाट उक्त गीतको प्रिमियर गरिने उनले बताए। हरेक वर्षझैँ यस वर्ष पनि थाकस युएईले माघी कार्यक्रमको आयोजना गर्दैछ। कार्यक्रममा भुरभुरा रहरका निर्माता रामलाल चौधरी र निर्देशक चौधरीको उपस्थिति रहनेछ। भुरभुरा रहरको ट्रेलर हालसालै सार्वजनिक गरेको थियो।

त्यस्तै थारु समुदायका चर्चित गायक श्रीनिवास चौधरी र केशवराज महतोको विशेष प्रस्तुती रहनेछ। थाकस युएईले कामको शिलशिलामा त्यहाँ रहेका सबै थारुहरुलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

रेशम चौधरीलाई रिहा गर्न सर्वोच्चद्वारा अस्विकार

टीकापुर घटनाका आरोपी रेशम चौधरीको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई रिहा गर्न अस्विकार गरेको छ। पाँच दिनअघि प्रतिनिधिसभा सदस्यको सपथ लिएका उनीमाथिको कर्तव्य ज्यान मुद्दा आज पेशीमा चढेको थियो। Continue reading “रेशम चौधरीलाई रिहा गर्न सर्वोच्चद्वारा अस्विकार”

२२ विद्यामा विन्दास म्युजिक आवार्ड हुने

यस वर्ष पनि विन्दास म्युजिक आवार्ड हुने भएको छ। अगामी चैत १ र २ गते धनगढीमा घोडाघोडी मिडिया सञ्चार समूह (बिन्दास मिडिया) को आयोजनामा राष्ट्रिय स्तरको थारु म्युजिक अवार्ड हुने संयोजक हरेन्द्र चौधरीले जानकारी दिए। Continue reading “२२ विद्यामा विन्दास म्युजिक आवार्ड हुने”

साउदीमा जलेश्वर चौधरीलाई फाँसी सजाय, ब्लडमनिको लागि बुबाआमाको हारगुहार

कारी महतो/चितवन।
साउदी अदालतले जलेश्वर चौधरीलाई ८ महिनाभित्र ब्लडमनि नतिरे फाँसीको सजाय सुनाएको छ । तर ब्लडमनि तिरेमा उनको सजाय माफ हुनेछ । ब्लडमनिबापत ४५ लाख तिर्नुपर्ने हुन्छ । जलेश्वर चौधरीको बारेमा मलाई फेसबुक मेसेन्जरमार्फत केही अगाडि नै अपुष्ट जानकारी गराएको थियो । मैले थप जानकारी मागेको थिएँ । तर पाउन सकिएन । यता छैठौं खिचरा महोत्सवको तयारी चलिरहँदा पूर्वी चितवनका पत्रकार साथीहरुले जलेश्वरको बारेमा सोधखोज गरेर स्थानीय पत्रिका मार्फत् समाचार प्रकाशन गरे । अहिले जलेश्वर बचाऊ अभियान चलेको छ । जलेश्वर बचाऊ अभियान सुरु गर्ने संघसंस्था र साथीहरुलाई हार्दिक धन्यवाद छ । Continue reading “साउदीमा जलेश्वर चौधरीलाई फाँसी सजाय, ब्लडमनिको लागि बुबाआमाको हारगुहार”

राजधानीमा ‘करोट’को भब्य समापन, अब मोफसल जाने तयारी

विगत दुई सातादेखि मञ्चन भइरहेको थारु भाषाको नाटक ‘करोट’ले शनिबारदेखि राजधानीमा बिट मारेको छ। शनिबार करोटको अन्तिम दुई शो मञ्चन गरिएको थियो। ख्याल बगालको आयोजना, थारु फिल्मस् प्रोडक्सनको सहआयोजना र सर्वनाम थिएटरको सहयोगमा मञ्चन गरिएको उक्त नाटक प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको थियो। लोभ लालचले एउटा परिवारमा ल्याएको विचलनको कथा नाटकमा प्रस्तुत गरिएको छ। Continue reading “राजधानीमा ‘करोट’को भब्य समापन, अब मोफसल जाने तयारी”

शपथग्रहणको तीन दिनपछि थाकसले भन्यो- ‘रेशमलाई संसद बैठकमा सहभागी गराऊ’

थारु कल्याणकारिणी सभाले रेशम चौधरीको शपथ ग्रहणको स्वागत गर्दै संसदमा सहभागी गराउन माग गरेको छ। सभाले शपथपछि जेल लगिएको भन्दै भर्त्सनासमेत गरेको छ। ‘ निर्वाचन आयोगले घोषणा गरिसकेका जनताका जनप्रतिनिधीलाई शपथ ग्रहण पश्चात प्रतिनिधि सभामा जनता र राष्ट्र विकासको पक्षमा सक्रिय भूमिका खेल्न दिनको साटो नेपाल सरकारले लोकतान्त्रिक मूल्य मान्यता र सिद्धान्तलाई उपहास गरी, जनमत समेतलाई अबमूल्यन गर्दै पुनः जेल लगिएको कार्यप्रति हामी खेद व्यक्त गर्दै घोर भर्तसना गर्दछौं,’ महामन्त्री प्रेमीलाल चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ। Continue reading “शपथग्रहणको तीन दिनपछि थाकसले भन्यो- ‘रेशमलाई संसद बैठकमा सहभागी गराऊ’”

टीकापुर घटनाका राजबन्दीलाई रिहाई नगरे आन्दोलन चर्काउने चेतावनी

सांसद रेशम थारु लगायत टीकापुर घटनाका राजबन्दीहरुलाई तुरुन्त रिहा नगरे पुनः आन्दोलन चर्काउने थारु नेताहरुले चेतावनी दिएका छन् । टीकापुर घटनाको विषयमा थारु कल्याणकारिणी सभा क्षेत्र–५ नगर समितिको आयोजनामा आइतबार भएको जनजागरण कार्यक्रममा थारु अगुवाहरुले सो कुरा बताएका हुन् । उनीहरुले २०७२ भदौ ७ र ८ गतेका दिन टीकापुरमा भएको घटनालाई राजनीतिक रुपले सम्बोधन गर्न आग्रह गरेका थिए । Continue reading “टीकापुर घटनाका राजबन्दीलाई रिहाई नगरे आन्दोलन चर्काउने चेतावनी”

बाबुरामले भने- ‘कांग्रेस-कम्युनिष्टका विद्रोह क्रान्ति हुने, थारूकाचाहिँ अपराध ?’

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले रेशम चौधरीको शपथबारे भइरहको विवादलाई विडम्बनापूर्ण बताएका छन् । टीकापुरमा मान्छे मार्नु दुःखद् भए पनि शंकाकै भरमा निर्वाचित सांसदलाई शपथबाट वञ्चित गर्नु पञ्चायतकालमा रामराजालाई नगराएजस्तै हुने टिप्पणी बाबुरामको छ । Continue reading “बाबुरामले भने- ‘कांग्रेस-कम्युनिष्टका विद्रोह क्रान्ति हुने, थारूकाचाहिँ अपराध ?’”

थाकस कैलालीद्वारा रेशम चौधरीलाई रिहाई गर्न माग

सांसद रेशम चौधरी लगायत कैलाली करागारमा रहेको राजबनदीहरुलाई जेलमुक्त गर्न थारु कल्याणकारिणी सभा कैलाली र थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली जोडदार माग गरेको छ । Continue reading “थाकस कैलालीद्वारा रेशम चौधरीलाई रिहाई गर्न माग”

भुरभुरा रहरको ट्रेलर सार्वजनिक (भिडियो)

सँस्कृतिमा आधारित थारु फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक भएको छ । दशैं तिहारमा नाचिने सखिया नाचमा आधारित फिल्म सत्य घटनामा आधारित छ । Continue reading “भुरभुरा रहरको ट्रेलर सार्वजनिक (भिडियो)”