सांसद रेशम चौधरीले सपथ खुवाएपछि सांसदलाई जेल पठाउन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् । बिहीबार संसद सचिवालयमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएपछि उनले सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेक हुन् । Continue reading “रेशमको प्रश्न- ‘माला र खादा लगाएर फेरि जेल जानुपर्ने ?’”
Author: admin
चुनाव जितेको एक वर्षपछि रेशम चौधरीले लिए सपथ
टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेमश चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएका छन् । सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो । Continue reading “चुनाव जितेको एक वर्षपछि रेशम चौधरीले लिए सपथ”
बर्दिया राष्ट्रिय निकुञ्जले हडपेको थारुको जग्गा फिर्ता गर्न माग
प्रदेश ५ को प्रदेश सभामा बर्दिया राष्ट्रिय निकुन्जले ओगटेको जनताको आवादी जग्गा जनतालाई नै फिर्ता गर्न प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने माग उठेको छ ।
प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत बुधबारको वैठकमा विशेष समय लिएर बोल्दै बर्दिया २ (ख) का सांसद दीपेश थारुले यस्तो माग गरेका हुन् । निकुन्जको पश्चिम सिमानामा रहेको गेरुवा नदीको कटान र बाढीले नदी फैलिएर पश्चिमतर्फ सर्दैै जांदा अहिले एकदेखि ३ किलोमिटर पश्चिमतर्फ सरेको र सयौं बिघा आवादी जग्गा गुमेको सांसद थारुले जानकारी गराए ।
नदी कटानका कारण गेरुवा नदीको पश्चिम किनारामा रहेका राजापुर टापुमा पर्ने साविक पाताभार, गोला, पशुपति नगर, मनाउ र खैरीचन्दनपुर गाविसका जनताको सयौं बिघा आवादी जग्गा निकुन्जको सीमानाभित्र पर्न गएको सांसद थारुले उल्लेख गरेका छन् ।
नदीले कटान गरेको जनताको आवादी जग्गा र गाउं बस्ती समेत निकुन्जको सिमाना भित्र पर्न गई कतिपय जनताको उठीबास भएको र जनताको निजी नम्बरी जग्गा निकुन्जमा परेको भएता पनि निकुन्जले जनतालाई कुनै राहत क्षतिपूर्ति नदिएको थारुले बताए ।
जग्गा गुमेपनि जनताले मालपोत कर तिरिरहेका र राज्यले विना क्षतिपुर्ति जनताको सम्पत्ति कब्जा गर्नु गैर न्यायिक र नेपालको संविधान विरुद्ध भएको थारुले उल्लेख गरे । ‘२०३२ सालमा निकुन्ज स्थापना हुँदा कायम रहेको गेरुवा नदीको पश्चिमी किनारा भन्दा बढी कटान भएको क्षेत्र यकिन गरी निकुन्ज घोषणा भइसकेपछि नदी कटानका कारण निकुन्जमा पर्न गएको जनताको जमिन छुट्टाई जनताको जग्गा जनतालाई नै फिर्ता दिने व्यवस्था तुरुन्त गर्नुपर्छ,’ सांसद थारुले माग गरे ।
सांसद थारुले जग्गाधनीले आफ्नो जग्गामा प्रवेश गर्न नपाएका र निकुन्ज कानून अनुसार निकुन्ज प्रमुखको लिखित स्वीकृति विना प्रवेश गर्न नपाइने व्यवस्था हटाउन पनि माग गरेका छन् ।
उनले निकुन्जसंगै कर्णाली नदीको सिमानाका बारेमा प्रदेश ५ र प्रदेश ७ का बासिन्दाबीच बेलाबेलामा विवाद र झडपको स्थिति आउने गरेकाले सिमाना विवाद स्थायीरुपमा टुंग्याउन पनि प्रदेश सरकारसंग माग गरेका छन् ।
कर्णाली पुलदेखि दक्षिण भारतीय सीमासम्म करिब २७ किलोमिटर क्षेत्रफलको दुरीमा ठाउँठाउँमा बर्दिया र कैलालीका नागरिकबीच नदीको सीमानालाई लिएर विवाद हुने गरेकाले अप्रिय स्थिति आउन नदिन यथाशीघ्र सिमाना यकिन गर्न सांसद थारुले माग गरे ।
नदीको बर्दिया किनारतिर कर्णाली नदी नियन्त्रण आयोजना र कैलालीतिर रानीजमरा सिंचाइ आयोजनाका लागि तटबन्ध लगायतका काम भइरहेका छन् ।
बीचबीचमा दुई प्रदेशका बासिन्दाबीच सिमानाका विषयमा विवाद हुँदा बर्दिया र कैलालीका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधिबीच छलफल गरेर विवाद मिलाइदै आएपनि यसको दीर्घकालीन समाधान खोजिनुपर्ने सांसद थारुले माग गरे । उनले यस विषयमा प्रदेश सभामा जरुरी सार्वर्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने पनि बताए ।
हेटौंडामा पहिलोपटक माघी महोत्सव
थारू समुदायको नयाँ वर्षको अवसरमा माघ १ गते हेटौंडामा पहिलो पल्ट माघी महोत्सव हुने भएको छ। दुई दिन सम्म चल्ने महोत्सवको हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले उद्घाटन गर्ने महोत्सवको आयोजकले जानकारी दिए। Continue reading “हेटौंडामा पहिलोपटक माघी महोत्सव”
खिचरा महोत्सवमा सुन्दरीहरुले थारु पहिरनमा प्रस्तुति देखाउने
चितवनको खैरहनी नगरपालिकाको जबकौली गौचरनमा यहि पुस २८ देखि हुन गइरहेको छैटौं खिचरा महोत्सवमा नेपालका चर्चित सुन्दरीहरुले थारु पहिरनमा प्रस्तुति देखाउने भएका छन् । मिस नेपालबाट विभिन्न विधामा उपाधि जित्न सफल सुन्दरीहरुले महोत्सवमा थारु पहिरनहरुको प्रबद्र्धन गर्नेछन् । Continue reading “खिचरा महोत्सवमा सुन्दरीहरुले थारु पहिरनमा प्रस्तुति देखाउने”
प्रदेश ५ सरकारद्वारा माघीमा दुई दिन विदा दिने निर्णय
प्रदेश ५ सरकारले थारुहरुको नयाँ वर्ष माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले माघ १ र २ गते बिदा दिने निर्णय गरेको हो । प्रदेशमा थारु र मगर जातिको बाहुल्यता रहेकाले माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए। Continue reading “प्रदेश ५ सरकारद्वारा माघीमा दुई दिन विदा दिने निर्णय”
माघी महोत्सवलाई भव्य बनाउन जिम्मेवारी बाँडफाँड
सीताराम चौधरी/कपिलवस्तु।
थारुहरुको नयाँ वर्षको रुपमा लिइने माघी पर्व नजिकिएसँगै कपिलवस्तुका थारु अगुवा माघी(खिचडी) महोत्सवको तयारीमा जुटेका छन् ।
माघी(खिचडी) महोत्सवमार्फत थारु अगुवाहरु जातीय पहिचान, कला संस्कृति र भेषभुषा संरक्षणमा अग्रसर भएका हुन् । यही माघ २ देखि ४ गतेसम्म जिल्लाको शिवराज नगरपालिका ५, प्रदर्शनीस्थलमा जिल्लास्तरको नवौं माघी (खिचडी) महोत्सव सञ्चालन हुँदैछ । महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न जिम्मेवारी विभाजन गरी तयारीमा जुटेको थारु कल्याणकारिणी सभाका जिल्ला सभापति उमाशंकर थारुले जानकारी दिए।
माघी महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न थाकस जिल्ला सभापति उमाशंकार थारुको नेतृत्वमा १सय ५० सदस्यी उपकार्यसमिति गठन गरिएको छ । जसमा जिल्ला सभापति थारुकै संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति निर्माण गरिएको छ । बैठकले इन्दर थारु र रमेश थारुलाई सचिवालय समितिको सहसंयोजकमा चयन गरिएको छ । यसैगरी ५ जना सहसंयोजकको जिम्मेवारीमा ११ वटा उपसमितिको कार्यविभाजन गरिएको बताइएको छ ।
थारुहरुको अगुवा भेलाले सुकई थारुको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति, राम अवतार चौधरीका संयोजकत्वमा ५ सदस्यीय मिडिया परिचालन समिति, राजकुमारी थारु संयोजक रहेको १० सदस्यीय झाँकी व्यवस्थापन समिति चयन गरिएको थारु कल्याणकारिणी सभा शिवराज नगरअध्यक्ष जगतदेव थारुले जानकारी दिए ।
यस्तै श्रीनिवास थारुको संयोजकत्वमा ५ सदस्यीय साँस्कृतिक समिति, प्रकाश थारुको संयोजकत्वमा ५ सदस्यीय मञ्च व्यवस्था समिति, मञ्जु थारुको संयोजकत्वमा ७ सदस्यीय अतिथि सत्कार समिति, रविलाल थारुको नेतृत्वमा ७ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको बताइएको छ ।
यसका साथै सन्तोष थारुको संयोजकत्वमा १४ सदस्यीय शान्ति सुरक्षा व्यवस्थापन समिति, गणेश थारु संयोजक रहेको ५ सदस्यीय पार्किङ व्यवस्थापन समिति र बबिता थारु संयोजक रहेको ११ सदस्यीय साथै भान्सा व्यवस्थापन समिति गठन गरिएको छ । महोत्सवलाई सभ्य र भव्य बनाउन उपसमितिको मुख्य जिम्मेवारी रहने मूल कार्य समिति संयोजक उमाशंकर थारुले जनाए ।
यसपटकको माघी महोत्सव आफ्नै क्षेत्रमा हुन लागेपछि खुशी व्यक्त गर्दै शिवराज नगरपालिका उपपमुख शिवकुमारी थारुले भने, ‘माघी महोत्सवलाई थारु समुदायको सांस्कृतिक पहिचानको रुपमा हेरिएको छ । यसलाई सफल बनाउन हामी सबैको कर्तव्य हो । सबै समुदायका जातजाति मिलेर एक अर्काको चाडपर्वलाई सकारात्मक सहयोग र सम्मानसहित सफल बनाउन एकजुट हुनुपर्छ ।’ माघी महोत्सवले जिल्लाको पश्चिमी क्षेत्रमा थारु जातिको जातीय पहिचान र संस्कृतिको जगेर्नामा ठूलो सहयोग पुग्ने विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी थारुको विश्वास छ ।
माघ २ गतेदेखि ४ गतेसम्म चल्ने माघी महोत्सवमा थारु खानाका परिकार, थारु समुदायको सीफ हस्तकला प्रदर्शनीका साथै थारु साँस्कृतिक पहिचान झल्किने पहिरन, गीत, नृत्य प्रस्तुति साथै ख्याती प्राप्त थारु राष्ट्रिय गायक गायिकाहरुको प्रस्तुतिले दर्शक तताउने आयोजकले जनाएको छ ।
यसैबीच ‘हम्मन संस्कृति हम्मनके शान, भूमि पुत्र थारु हमरे बचाई आपन पहिचान’ भन्ने मूल नाराका साथ यही पुस २९ गतेदेखि १ गतेसम्म शिवराज नगरपालिका ९, भगवानपुरमा माघी महोत्सवको भव्य तयारी भइरहेको बताइएको छ ।
गतवर्षदेखि माघी महोत्सवको शुरुवात गरेको भगवानपुर गाउँ समाज समितिले यसलाई निरन्तरता दिन दोस्रो पटक महोत्सव लगाउन लागेको हो । माघी महोत्सव शिवराज न.पा.९, भगवानपुरको प्राङ्गणमा लाग्ने कार्यक्रम मूल समिति संयोजक रमेश चौधरीले जानकारी दिए ।
लोप हुँदै गएको थारु साँस्कृतिक पहिचान झल्काउने पोशाक लेहंगा, चोली, गहना गुरिया, हाते निर्माण सामग्री ढकिया, मौनी, डोकवा, पौला, हेलका, डिलिया लगायतको प्रदर्शनी गरिने सहसंयोजक भिखु थारु बताउनुहुन्छ । कार्यक्रम सफल बनाउन रमेश चौधरीको संयोजकत्वमा ९ सदस्य मूल समिति गठन गरिएको छ । जसको सहसंयोजकमा भिखु थारु, सचिवमा दुःखराम थारु, कोषाध्यक्षामा शिवराज थारु, सहकोषाध्यक्षमा प्रमिला थारुलाई चयन गरिएको छ । यसैगरी मूल समितिको सदस्यमा सेनापति थारु, शिवबालक थारु, गोपाल थारु छन् । कार्यत्रममा साँस्कृतिक नृत्य लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
भुरभुरा रहरसे करोटसम्
भूमिका थारु
सर्वनाम नाटक घरमे अब्बे थारु भासाके नाटक ‘करोट’ चल्टि बा । ‘करोट’के कहानि सम्झटि रहलबेला महि ‘भुरभुरा रहर’ के सुनहरा डिनके याड आइल । महि जिन्गिमे पहिला चो रंगमन्च छेट्रमे पौलि टेके सिखैलक नाटक हो ‘भुरभुरा रहर’ । महि अभिन फेन याड बा उ डिन, बुवक् संगे उहाँक् मैगर गोचा सुशील अंकलहे काठमान्डु अइलक खबर पैटि साइट कलंकीमे भेटे गैलक । ओ याड बा महि सुशील अंकल चाहक चुस्कि लेटि ‘भुरभुरा रहर’ नाटकके लग महि खेलकटन अफर कैलक । Continue reading “भुरभुरा रहरसे करोटसम्”
दीक्षान्त समारोहमा मौलिक पहिरन, ९ हजार ५ सय ५ जना विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयले सोमबार ९ हजार ५ सय ५ जना विद्यार्थीलाई दीक्षित गरेको छ । राजधानीको पुल्चोक क्याम्पसमा आयोजित त्रिविको ४४ औं दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफील र विद्यावारिधि तह उत्तीर्ण गर्ने विद्यार्थी दीक्षित भएका हुन् । Continue reading “दीक्षान्त समारोहमा मौलिक पहिरन, ९ हजार ५ सय ५ जना विद्यार्थी दीक्षित”
मिनी थारु गाउँसहितको छैठौं खिचरा महोत्सवको तयारी तीब्र
कारी महतो/चितवन।
हरेक वर्ष माघी अर्थात खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गर्दै आएको खिचरा महोत्सवको छैठौं संस्करणको तयारी तीब्र रुपमा भैरहेको छ । यसवर्ष महोत्सव परिसरभित्र मिनिथारु गाउँ विशेष आकर्षणको रुपमा रहने छ । खैरहनी नगरपालिकाको वडा नं. ५ मा रहेको जबकौली गौचरनमा हुन लागेको महोत्सव यसवर्ष पुुस २८ देखि माघ ७ गतेसम्म हुने आयोजकले जानकारी दिएका छन् । Continue reading “मिनी थारु गाउँसहितको छैठौं खिचरा महोत्सवको तयारी तीब्र”