पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–१ मनवाकी १८ वर्षीया छात्रा शकुन्तला चौधरी सोमबार बिहानै कलेज जान भनी घरबाट तयार भएर निस्किएकी थिइन्। नगरपालिकाको बडनिहारमा रहेको कलेजमा अध्ययनरत छिन् शकुन्तला। Continue reading “विहे प्रस्ताव नकारेपछि शकुन्तला चौधरीमाथि छुरा प्रहार”
Author: admin
थारु एन्ड फ्रेन्ड्स एसोशिएसन अमेरिकामा नयाँ पदाधिकारी चयन
अमेरिका र क्यानाडामा बस्ने थारुहरुको साझा संस्था थारु एन्ड फ्रेन्ड्स एसोशिएसनले नयाँ पदाधिकारी चयन गरेको छ। शनिबार र आइतबार भएको ११औं महाधिवेशनले डा. सुशील चौधरीको नेतृत्वमा नयाँ पदाधिकारी चयन गरेको हो। Continue reading “थारु एन्ड फ्रेन्ड्स एसोशिएसन अमेरिकामा नयाँ पदाधिकारी चयन”
‘नाटक घर’ बनाउने अभियानमा सैडान टिम, ठाउँठाउँमा ‘हिट्वा’ मञ्चन गरिँदै
थारु समुदायको एउटा प्रचलित लोककथा हो हिट्वा । हिट्वा लोककथामा हिट्वा एक पात्र हुन्छन् । जसको प्रेम राजकुमारीसँग हुन्छ । एकदमै सोझो र इमान्दार हिट्वाको राजकुमारी हस्तक्वारीसँग प्रेम बस्छ । त्यही प्रेम सम्बन्धको उतार चढावलाई हिट्वा नाटकमा प्रस्तुत गरिएको छ । यो नाटक थारु समाजको प्रतिविम्बको रुपमा चित्रण गरिएको लेखक सुशील चौधरीले बताए । Continue reading “‘नाटक घर’ बनाउने अभियानमा सैडान टिम, ठाउँठाउँमा ‘हिट्वा’ मञ्चन गरिँदै”
कपिलवस्तुमा नवौं माघी महोत्सव हुने
श्याम सि.टी./कपिलवस्तु ।
थारु समुदायको महान पर्व एवं नयाँ वर्षको अवसरमा तीन दिने नवौं कपिलवस्तु माघी (खचडी) महोत्सव २०७५ हुने भएको छ ।
थारु कल्याणकारिणी सभा कपिलवस्तुको अगुवाईमा शनिबार जिल्लाका सम्पूर्ण थारु अगुवा,बुद्धिजिवी,समाजसेवी लगाएतका जिम्मेवार ब्यक्तित्वहरुको बीच बृहत भेला थारु कल्याणकारिणी सभाको प्रांगणमा गोरुसिङ्गेमा सम्पन्न भएको छ । Continue reading “कपिलवस्तुमा नवौं माघी महोत्सव हुने”
तुलसीपुरमा पुस २५ गते माघी कार्यक्रम हुने
थारू समुदायको ठूलो पर्व माघ नजिकिदै गर्दा थारू समुदायमा माघको अवसरमा गरिने कार्यक्रमको लागि तयारी तिब्र पारिएको छ। यसैगरी दाङको तुलसीपुरमा पुस २५ गते तुलसीपुर क्षेत्रस्तरीय माघ कार्यक्रम हुने भएको छ। Continue reading “तुलसीपुरमा पुस २५ गते माघी कार्यक्रम हुने”
थारु कोटामा विज्ञापन माग गर्दै लोकसेवा आयोगमा थारु विद्यार्थीको निवेदन दर्ता
थारु कोटाको विज्ञापन माग गर्दै थारु विद्यार्थी समाजले लोक सेवा आयोगमा निवेदन दर्ता गराएको छ। अध्यक्ष चन्द्रप्रसाद चौधरीको नेतृत्वमा संविधानले ग्यारेन्टी गरेको समानुपातिक समावेशीताको माग गर्दै थारु कोटामा विज्ञापन निकाल्नुपर्ने माग गरेको छ। Continue reading “थारु कोटामा विज्ञापन माग गर्दै लोकसेवा आयोगमा थारु विद्यार्थीको निवेदन दर्ता”
जनवरी ११ मा युएईमा माघी उत्सव हुने
थारु कल्याणकारिणी सभा, युएईले थारुहरुको नयाँ वर्ष माघी मनाउने भएको छ। हरेक वर्षझैं यसवर्ष पनि विविध कार्यक्रम गरेर माघी उत्सव मनाउने बताइएको छ। Continue reading “जनवरी ११ मा युएईमा माघी उत्सव हुने”
‘करोट’मा सुनले निम्त्याएको कलहको कथा [फोटो फिचर]
थारु भाषाको नाटक ‘करोट’को मञ्चन शुक्रबारदेखि सुरु भएको छ। प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको नाटक कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामुकारी चौधरीको प्रमुख आतिथ्यमा सुभारम्भ भएको थियो। नाटक मञ्चनअघि मन्त्री चौधरीले नाटकमार्फत् थारु, भाषा र सँस्कृतिको संरक्षण गर्न सकिने बताइन्। Continue reading “‘करोट’मा सुनले निम्त्याएको कलहको कथा [फोटो फिचर]”
थारु भाषाको नाटक ‘करोट’, पुस ६ देखि २१ सम्म
दाङमा प्रदेश स्तरीय माघी महोत्सव हुने
सन्तोष दहित/दाङ।
थारु समुदायको महान पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ। थारु कल्याणकारिणी सभा दाङको अगुवाईमा बिहीबार घोराहीमा बसेको सर्वपक्षीय भेलाबाट यस्तो निर्णय गरेको हो। यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको माघी महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि थारु कल्याणकारिणी सभा दाङको सभापति भुवन चौधरीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। Continue reading “दाङमा प्रदेश स्तरीय माघी महोत्सव हुने”