रौतहटका थारुले मनाउँदैछन् समाचकेवा

दाजु बहिनीको प्रेम प्रतीकका रुपमा रहेको समाचकेवा पर्व रौतहटका थारु समुदायका महिलाहरुले मनाइरहेका छन् । रौतहटको ग्रामिणभेगका किशोर-किशोरीलगायत वृद्ध महिलाहरुले समेत दाजुभाइको दीर्घायुको लागि समाचकेवा पर्ब मनाउदै आएका छन् । गाउघरमा एकत्रित भएका दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तीहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्दै आएका छन । Continue reading “रौतहटका थारुले मनाउँदैछन् समाचकेवा”

राजेन्द्र महतो बने राजपा अध्यक्ष मण्डलको संयोजक

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ । Continue reading “राजेन्द्र महतो बने राजपा अध्यक्ष मण्डलको संयोजक”

शिवरानी चौधरी हत्याको सात वर्ष : कहिले पाउला न्याय ?

सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । ‘आमा म नाच हेर्न जान्छु’ कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सधैंका लागि बिदा लिइन् । Continue reading “शिवरानी चौधरी हत्याको सात वर्ष : कहिले पाउला न्याय ?”

होमस्टेले कायापलट

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ वडामा ५ वर्षदेखि सञ्चालनमा आएको अमलटारी मध्यवर्ती होमस्टे देशभरकै समाज रूपान्तरण गर्ने समुदायका लागि उदाहरणीय बनेको छ । होमस्टेबाट स्थानीयको जीवनयापनमा नचिताएको आर्थिक समृद्धि भइरहेको छ । Continue reading “होमस्टेले कायापलट”

मलाई बचाउन मेरी श्रीमती सेनाबाट बलात्कृत हुनपर्‍यो : रामनारायण थारु

बिहानैदेखि उनी खेतमा काम गरिरहेका थिए । गहुँ छर्ने समय थियो । खेतका आलीहरु ताच्छै थिए उनी । अचानक उनको नजिकै दुई तीन जनाको संख्यामा सैनिक आए । त्यति नै बेला नजिकैको गाँउमा बम पड्केको थियो । तर खेतमा काम गर्दैगरेका राम नारायण थारु समातिए । Continue reading “मलाई बचाउन मेरी श्रीमती सेनाबाट बलात्कृत हुनपर्‍यो : रामनारायण थारु”

हिंसा घटाउन विचार र व्यवहार परिवर्तन गर्नुपर्छ : उपसभामुख थारु

प्रदेश–५ प्रदेशसभा उपसभामुख कृष्णी थारूले हिंसा न्यूूनीकरणका लागि विचार र व्यवहार परिवर्तन गर्नुपर्ने बताएकी छन् । ‘कार्यान्वयनमा केही ढिलासुस्ती भएको हो तर ढिलै भए पनि अपराधी पक्राउ पर्नेछन्’ उनको विश्वास छ । Continue reading “हिंसा घटाउन विचार र व्यवहार परिवर्तन गर्नुपर्छ : उपसभामुख थारु”

चन्द्रौटा महोत्सवको प्रमुख आकर्षण : थारु साँस्कृतिक नृत्य र पाँचौं डान्स आइडल

सीताराम चौधरी/चन्द्रौटा (कपिलवस्तु)।

यही मंसिर ६ गतेदेखि सुरु हुन लागेको पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा प्रमुख आकर्षणको रुपमा थारु सांस्कृतिक नृत्य प्रतियोगिता र पाँचौं डान्स आइडललाई मानिएको छ। Continue reading “चन्द्रौटा महोत्सवको प्रमुख आकर्षण : थारु साँस्कृतिक नृत्य र पाँचौं डान्स आइडल”

चन्द्रौटा महोत्सवमा थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने

सीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)।

कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र चन्द्रौटामा मंसिर ६ गतेदेखि सुरु हुन गइरहेको पाँचौं चन्द्रौटा महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने भएको छ । व्यापार संघ कपिलवस्तुद्वारा आयोजित पाँचौ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतियोगिता हुने लागेको हो । Continue reading “चन्द्रौटा महोत्सवमा थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने”

६ संवैधानिक आयोगका लागि सरकारले तोक्यो कर्मचारी, थारु आयाेगमा रुपनारायण भट्टराई

सरकारले संविधान जारी भएको ३ वर्षपछि मात्र संवैधानिक आयोगमा कर्मचारी तोकेर पठाएको छ। आज(आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले ६ आयोगका लागि कर्मचारी खटाउने निर्णय गरेको हो। Continue reading “६ संवैधानिक आयोगका लागि सरकारले तोक्यो कर्मचारी, थारु आयाेगमा रुपनारायण भट्टराई”

उदयपुरमा ट्याक्टर दुर्घटना, विनिता चौधरीसहित तीन जनाको मृत्यु

उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उदयपुर र सुनसरीको सिमाना कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ३६ बढी घाइते भएका प्रहरीले जानकारी दिएको छ । Continue reading “उदयपुरमा ट्याक्टर दुर्घटना, विनिता चौधरीसहित तीन जनाको मृत्यु”