मेधावी थारु विद्यार्थीलाई अमेरिकी थारुले प्रदान गर्ने छात्रवृत्तिको अवसर

गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि छात्रवृत्ति खुलेको छ। थारु एन्ड फ्रेन्ड्स एसोसियसन अमेरिकाले स्कुल, प्लस टु र स्नातकका लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक विद्यार्थीले कात्तिक २९ गतेसम्म फारम बुझाइसक्नुपर्ने छ। आवेदन दिन इच्छु विद्यार्थीले अनलाइन फारम भर्न सकिने सो संस्थाका सचिव सत्यनारायण चौधरीले जानकारी दिए। यहाँबाट अनलाइन फर्म भर्न सकिन्छ। उनका अनुसार थारु समुदायको हरेक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको थारु एन्ड फ्रेन्ड्स एसोसियसनले २०१८-०१९ का लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय छ। Continue reading “मेधावी थारु विद्यार्थीलाई अमेरिकी थारुले प्रदान गर्ने छात्रवृत्तिको अवसर”

चितवनका थारु अगुवाले सम्झिए सन्तकुमारको योगदान, स्मृतिमा स्वास्थ्य शिविरको आयोजना

सन्तकुमार चौधरी/चितवन।
पूर्व स्वास्थ्य सहायक मन्त्री स्वर्गीय सन्तकुमार चौधरीको स्मृतिमा पूर्वी चितवनको बैरहनीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
स्वर्गीय चौधरीको १३औं दिनको अवसरमा खैरहनी नगरपालिकाको वडा नं. ९ बैरहनीस्थित आधारभूत विद्यालयमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो। शिविरमा २ सय ५० जनाले स्वास्थ्य परीक्षण गराए। केयर पोलिक्लिनीक प्रालि पर्साले आयोजना गरेको स्वास्थ्य शिविरको थारु कल्याणकारिणी सभाकी पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरीले उद्घाटन गरेकी थिइन्। Continue reading “चितवनका थारु अगुवाले सम्झिए सन्तकुमारको योगदान, स्मृतिमा स्वास्थ्य शिविरको आयोजना”

सबै जाति, समुदायका भाषा, सँस्कृतिलाई साझारुपमा विकास गर्नुपर्छ : गुठी अध्यक्ष चौधरी

गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले सबै जाति, समुदायका भाषा, सँस्कृतिलाई साझारुपमा विकास गर्नुपर्ने बताए। गुठी संस्थानको ५५औं वार्षिकोत्सवमा बोल्दै उनले सबैको पहिचान र अस्तित्वलाई स्वीकार गरेमात्र नयाँ नेपालको परिकल्पना गर्नसकिने बताए। Continue reading “सबै जाति, समुदायका भाषा, सँस्कृतिलाई साझारुपमा विकास गर्नुपर्छ : गुठी अध्यक्ष चौधरी”

कोहलपुरका रिक्सावाली

मधु साही/कोहलपुर।
बर्दियाकी ३० वर्षीया तारा चौधरी २ वर्षअघिसम्म गृहिणी मात्र थिइन् । बसचालक पतिले कमाएको आम्दानीले घर खर्च चलाउन मुस्किल थियो । गुजारा चलाउन समस्या भएपछि तारालाई पनि आयआर्जनको बाटो रोज्न मन लाग्यो । पतिले सुरुमा त काम गर्न दिएनन् । ‘श्रीमतीले काम गरे आफूलाई लाज हुन्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘धेरै सम्झाएपछि रिक्सा चलाउने अनुमति दिनुभयो ।’ Continue reading “कोहलपुरका रिक्सावाली”

Causes, Consequences and Safety Measures of Earthquake in Nepal

Shanta Chaudhary.
Introduction
Earthquake is the shaking of the ground due to the vibration caused by internal energy release. It occurs for very short time. The sudden release of energy causes the seismic waves that make the ground shake. When two block or two plates are rubbing against each other, they stick a little then create   the seismic waves and that can be felt as ground shaking. At the earth’s surface, earth quakes manifest themselves by shaking and displacing or rupturing the ground. When the epicenter of a large earth quake is located offshore, the seabed may be displaced sufficiently to causes a tsunami. Earth quakes can also trigger landslide and occasionally volcanic activities.

Continue reading “Causes, Consequences and Safety Measures of Earthquake in Nepal”

फेरिएको मेरो गाउँ

कृष्णराज सर्वहारी।
प्रत्येक वर्ष दसैंमा अघि पछि भन्दा अलि लामै समय गाउँमा बस्ने मेलेमेसो जुर्छ । यसपालि गाउँ जाँदा दसैँको टीकाको दिन पनि किसानहरु धान कट्नीमा व्यस्त भएको देखियो । निश्चित समयमा कार्यालयको काम गरेर सुस्ताउने बानी भएका हामीलाई किसानहरुले गरेको अहोरात्र परिश्रमले गिज्याएझैँ लाग्यो । Continue reading “फेरिएको मेरो गाउँ”

रोविन र आकृतिले जिते मिस्टर एन्ड मिस थारुको उपाधि

रुपन्देहीका रोविन चौधरी र मोरङकी आकृति चौधरी मिस एन्ड मिस्टर थारु २०१८ को उपाधि जितेका छन्। काठमाडौंको जमलस्थित नाचघरमा भएको अन्तिम स्पर्धामा उनीहरु विजयी भएकी हुन्। रोविनले २० प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जिते भने आकृतिले १४ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितिन्। Continue reading “रोविन र आकृतिले जिते मिस्टर एन्ड मिस थारुको उपाधि”

मिस्टर एन्ड मिस थारुको आज ग्रान्ड फिनाले, कसले जित्ला ताज?

मिस्टर एन्ड मिस थारुको दोस्रो सिजनको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ। काठमाडौंको राष्ट्रिय नाचघरमा हुने अन्तिम स्पर्धामा १४ जना महिला र २० जना पुरुष सहभागी छन्। Continue reading “मिस्टर एन्ड मिस थारुको आज ग्रान्ड फिनाले, कसले जित्ला ताज?”

कर्णाली प्रदेशमा पहिलो थारु होमस्टे, उद्घाटन नहुँदै पर्यटकको भीड

सवि थारु। सुर्खेत।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालनम आएको थारु होमस्टेको औपचारिक उद्घाटन नहुँदै उक्त होमस्टेको अवलोकन गर्ने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ। थारु जातिको संस्कृति, परम्परा र खानपिनको संरक्षण र प्रवर्द्धनका लागि वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँमा पहिलो थारु होमस्टे औपचारिक रुपमा सञ्चालनमा नआउँदै थारु संस्कृति, परम्परा र थारु परिकारको स्वाद लिन चाहने आन्तरिक पर्यटकहरुको संख्या बढेको हो। Continue reading “कर्णाली प्रदेशमा पहिलो थारु होमस्टे, उद्घाटन नहुँदै पर्यटकको भीड”